Advertisement

अचानक मुटुमा समस्या देखिएपछि मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

0 1,295

Advertisement

२४ जेठ, काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । अचानक मुटुमा समस्या देखिएपछि उनलाई शुक्रबार राती गंगागाल अस्पताल भर्ना गरिएको हो ।

शनिबार उनको मुटुको एन्जियोप्लास्टी गरि दुईवटा स्टयाण्ड राखिएको उनका छोरा यमन श्रेष्ठले अनलाईनखबरलाई जानकारी दिए । एन्जियोप्लास्टीपछि श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

मनदकृष्णका छोरा यमनले भने, ‘हिजो आईतबार आइसीयूबाट डिलक्स रुपमा सारिएको छ । अहिले स्वास्थ्य अवस्था ठिक छ । सायद भोली डिस्चार्ज हुुनुहुन्छ होला ।’ मदनकृष्णको डेढ वर्ष मुटुको एन्जियोप्लास्टी गरी एउटा स्ट्यान्ड राखिएको थियो ।

मदनकृष्ण कोरोना संक्रमण भएपछि दुई पटक अस्पताल भर्ना भएर गत सातामात्रै डिस्चार्ज भएका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.