Advertisement

गर्मीले सर्लाहीसहित तराईका जिल्लाको जनजीवन प्रभावित

0 951

Advertisement

२४ जेठ, सर्लाही । अत्याधिक गर्मीका कारण सर्लाहीसहित तराईका जिल्लाहरुको जनजीवन अत्यन्त प्रभावित बनेको छ ।
तापक्रम बढेर दिनभर चर्को घाम लाग्दा सर्वसाधारण छट्पटिन थालेका छन् । तराईका सबैजसो जिल्लाको तापक्रम दिनहुँ बढ्दोक्रममा रहेको छ । सोमवार मध्यान्ह सर्लाहीको तापक्रम ३७ डिग्री सेल्सियस मापन गरिएको छ ।

गर्मी र चर्को घामले गर्दा मजदुर र किसान बढी प्रभावित भइरहेका छन् । गर्मी छल्न सर्वसाधारणहरु चौक चौतारा, बगैंचालगायत सितलता दिने ठाउँको सहारा लिन बाध्य भएका छन् ।
चुरे क्षेत्रको तुलनामा लालबन्दी, हरिवन, बागमतीलगायत पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा बढी गर्मी हुने गरेको छ । यस्तै, पूर्व–पश्चिम राजमार्गभन्दा सदरमुका मलङ्गवासहित दक्षिणी भेगमा अझ धेरै गर्मी हुने गरेको स्थानीय वासिन्दाले बताएका छन् ।

गर्मी छल्न मधेसका भित्री गाउँहरुमा बालबालिकादेखि ठूला मानिस समेत पोखरी, नहर, तालतलैयालगायतका जलाशयमा पौडी खेल्ने गर्छन् । कोरोना सङ्क्रमण र निषेधाज्ञाका कारण घर–गाउँमा जमघट बढेका बेला बढेको गर्मीले जनजीवन आक्रान्त बनेको हो ।
चिकित्सकहरुले गर्मीका कारण मुर्छा पर्ने, टाउको दुख्ने, खानामा रुची नहुनेजस्ता स्वास्थ्य समस्या बढ्ने भएकाले प्रशस्त पानी पिउन सुझाव दिएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.