Advertisement

देशभर ३९६ अस्पताल निर्माण तत्कालै हुन्छ : मन्त्री तामाङ

0 759

Advertisement

२४ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा आम नागरिकलाई नि:शुल्क स्वास्थ्य उपचार दिने लक्षका साथ सरकारले ३९६ वटा अस्पताल तत्काललै निर्माण शुरु गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले असार भित्र सबै अस्पतालको टेन्डर प्रकृया अघि बढाएर आउने वर्षभित्र अस्पताल निर्माण प्रकृया शुरु गर्ने बताउनुभयो ।

नागरिकलाई बचाउने कुरा सबैभन्दा ठूलो भएकाले अकालमै कोही नेपालीको ज्यान जान नदिने गरी सबै नेपालीको जीवन रक्षा पहिलो प्राथमिकतामा राखेर काम अघि बडाएको समेत मन्त्री तामाङले बताउनुभयो । बीर अस्पताललाई कोभिड नियन्त्रणको केन्द्रीय अस्पतालको रुपमा विस्तार गरी सकेको र ७ वटै प्रदेशमा कोभिड नियन्त्रण अस्पताल विस्तार गर्ने तयारीमा मन्त्रालय अघि बढेको जानकारी दिनुभयो । कोरोना भाइरस परीक्षणको दायरा बढाएको र आवस्यक सामाग्री पुग्ने गरी भएकाले क्षमताले भ्याएसम्म संक्रमण रोक्ने प्रतिवद्धताका मन्त्रीले गर्नुभयो ।

सरकार कोभिड खोप ल्याउनेमै सबै प्रयास जारी राखेको जानकारी दिनुहुँदै स्वास्थ्यमन्त्री तामाङले स्वास्थ्य सुरक्षाको सरकारी मापदण्डको पालना गरिदिन सबैमा आग्रह गर्नुभयो । “नेपाल खोप उत्पादक राष्ट्र होइन, तर पनि हामीले खोप प्राप्तका लागि सबै प्रयास जारी राखेका छौं” उहाँले भन्नुभयो । खोप प्राप्ती र कार्यान्वयन गर्नेमै सरकार लागिपरेको उहाँले बताउनुभयो ।

पहिलो कुरा त रोग लाग्नै नदिनु हो, यदि लागिहालेमा त्यसका उपचारका लागि सरकारले आवश्यक प्रवन्ध मिलाएको उहाँले बताउनुभयो । वीर अस्पताललाई कोभिड नियन्त्रणको केन्द्रीय अस्पतालकोे रुपमा विकास भइरहेको र अन्य सबै प्रदेशमा त्यस्तो अस्पतालको व्यवस्थापन हुने उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्यको हिसाबले देशको सबै क्षेत्रमा सुधार गर्न सरकार लागिपरेको जानकारी दिनुहुँदै स्वास्थ्यमन्त्री तामाङले तेस्रो लहरको कोभिडको सामना गर्न पनि सरकारले तयारी गरिरहेको बताउनुभयो । आम नागरिकको स्वास्थ्यमा सहज पहुँच बढाउनेगरी काम भइरहेको उहाँले बताउनुभयो । स्वास्थ्य विमालाई नागरिकको सहज पहुँचमा पुर्याउन पनि काम गरिने उहाँले बताउनुभयो ।

आगामी दिनमा सम्भव भएसम्म जनताको स्वास्थ्य उपचार निःशुल्क गर्नेबारेमा आवश्यक अध्ययन गरिने मन्त्री तामाङले बताउनुभयो । नागरिकलाई बचाउनु नै प्रमुख काम रहेकाले सरकारले अभिभावकको रुपमा त्यो काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । मन्त्रालयबाट हुने हरेक काम पारदर्शीरुपमा गरिने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो ।

“हामीले निष्ठापूर्वक गरिरहेको काममा कतै त्रुटी हुन लाग्यो भने हामीलाई खवरदारी गर्नुहोला, त्यसाकलागि म सचेत नागरिक र मिडियाकर्मीमा आग्रह गर्दछुँ” स्वास्थ्यमन्त्री तामाङले भन्नुभयो, ”म निष्ठापूर्वक काम गर्नेछुँ, आजको काम भोली गरुँला भन्ने छैन । आजको दिन नै अन्तिम दिन हो सोचेर काम गर्नेछुँ ।”

मन्त्री तामाङले पत्रकार सम्मेलन मार्फत आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गर्नुभएको छ । सार्वजनिक पद धारण गर्ने सबैले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । त्यसबारेमा कानुन बनाएरै अघि बढ्न आवश्यक रहेको उहाँले जानकारी दिनुभयो ।

चुनौति र अवसर सँगसँगै आउने चिज भएको बताउनुहुँदै स्वास्थ्यमन्त्री तामाङले चुनौतीलाई अवसरक रुपमा ग्रहण गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । स्वास्थ्य प्रणालीमा सुधार गर्न आवश्यक रहेको चर्चा गर्नुहुँदै मन्त्री तामाङले कोरोनाबीच पनि केही अस्पतालको अनुगमन गर्दा केही समस्या देखिएको बताउनुभयो । अस्पतालको सरसफाई र गुणस्तरीय उपचारलाई प्राथमिकतामा राख्न उहाँले सम्बद्ध सबैलाई आग्रह गर्नुभयो । स्वास्थ्यक्षेत्र सेवामूलक क्षेत्र भएकाले व्यापारकोरुपमा नहेर्न पनि उहाँले अस्पताल सञ्चालकहरुलाई आग्रह गर्नुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.