Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा

0 113

२४ जेठ, काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा नै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले उपयुक्त समयमा विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गरी परीक्षा गर्ने निर्णय गरेको हो ।

उक्त परीक्षा तत्काल सञ्चालन गर्न कोभिड–१९ का कारण सम्भव नभएको भन्दै साउन तथा भदैा महिनामा उपयुक्त समय भएको भन्दै मन्त्रालयमा सिफारिस गरिएको छ ।

परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलका अनुसार शनिबारको बैठकले कक्षा १२ को पाठ्यक्रम संशोधनको समेत तयारी गर्ने निर्णय गरिएको छ ।

दोस्रो चरणको कोरोना संक्रमणदर बढ्दै गएपछि बोर्डले गत वैशाख २७ गते एसइई र कक्षा–१२ को परीक्षा स्थगित गरेको थियो । यही जेठ १३ गतेदेखि एसइई र जेठ २६ गतेदेखि कक्षा–१२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो । तर, कोरोनाका कारण उक्त परीक्षा स्थगित गरिएको हो ।

परीक्षा स्थगित भएपछि एसईई र कक्षा–१२ को परीक्षाको मोडालिटी तयार पर्न एक कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको बुझाएको प्रतिवेदन माथि राष्ट्रिय परीक्षा बोर्डमा छलफल गरिएको थियो ।

बैंठकले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा नै सञ्चालन गर्ने निष्कर्ष निकालिएपनि एसइईको परीक्षा भौतिक उपस्थितिमा सम्भवन नभएको जनाईएको छ ।

बोर्डका अध्यक्ष प्रा. पौडेलकाका अनुसार शनिबारको निर्णय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गरिएको छ । बोर्डले गरेको सिफारिस मन्त्रालयबाट स्वीकृत भएपछि थप परीक्षाबारे निर्णय हुनेछ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.