Advertisement

नेपाली टोलीले खेल्ने त्रिकोणात्मक क्रिकेट सिरिज स्पेनमा हुने

0 926

Advertisement

३३ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले सिरिज स्पेनमा हुने कुरा अगाडि बढेको जानकारी दिए । आईसीसीको आधिकारिक पत्र आउनेबित्तिकै सिरिज पक्का हुने उनले बताए ।

जुलाईमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको हो । स्कटल्यान्डले स्पेनमा सिरिज गर्न पहल गरेको थियो । सिरिजका विषयमा स्पेनको लोकल गभर्मेन्टले पनि स्वीकृति दिइसकेको सचिव प्याकुरेलले बताए ।

“स्पेनमा सिरिज गर्नका लागि धेरै आन्तरिक कुरा सकिसकेको छ । हामी केही कुराको छलफल अझै गरिरहेका छौँ । सिरिज स्पेनमा हुने पक्का नै छ । तर, आईसीसीको आधिकारीक पत्र कुर्न बाँकी छ,” सचिव प्याकुरेलले बाह्रखरीसँग भने ।

लिगअन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । नेपाल ४ खेलबाट ४ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ । ओमान १० खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा छ । १२ खेलाबट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.