Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

विस्तार हुँदै कागती खेती

0 138

२३ जेठ, तुलसीपुर । कुनै समय बाँझो जग्गा थियो, तर अहिले हरियाली छ। सबैतिर कागतीका बोटैबोट देखिन्छन्। बोटैपिच्छे लटरम्म फलेका मुखै रसाउने कागती। त्यहीँ कागती अवलोकन गर्नेहरूको उत्तिकै भीड पनि।

तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा डेढ बिघा र घोराहीमा चार बिघा क्षेत्रफल जग्गा भाडामा लिएर दुई युवाले गरेको कागती खेती उदाहरणीय छ। ती स्थान अहिले कागती खेतीले परिचित बनेका छन्।

घोराहीमा वार्षिक तीन हजार कठ्ठा र तुलसीपुरमा दुई हजार ५०० जग्गा भाडामा लिएर रुकुम घर भई हाल दाङमा बसोबास गर्दै आएका विष्णु वली र रामचन्द्र खड्काले व्यावसायिक कागती खेती गरेका हुन्। धेरै युवा विदेश पलायन भएका छन्। तर नेपालमै पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने विश्वास दिलाएका छन्।

उनीहरूले सूर्य जैविक कृषि केन्द्र प्रालिमार्फत कागती खेती सुरु गरेको तीन वर्ष भयो। खेती सुरु गरेको डेढ वर्षदेखि आम्दानी लिन सुरु गरेका उनीहरूले वार्षिक १५/२० लाखको हाराहारीमा आम्दानी गर्ने गरेका छन्। “डेढ वर्षदेखि हामीले आम्दानी लिन सुरु गरेका हौँ”, वलीले भने “वार्षिक १५/२० लाख आम्दानी हुने गरेको छ।”

कागतीको बजार माग पनि उच्च रहेकाले समयमै लगाानी उठाउन सहज हुने उनले बताए। उनका अनुसार सुरुमा आफूहरूले ३० लाख लगानी गरेको भएपनि अहिलेसम्म करिब एक करोड लगानी भइसकेको छ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.