Advertisement

एक घण्टा पौडिएर ७ वर्षे बालकले बचाए बुबा र बहिनीलाई

0 1,007

Advertisement

२३ जेठ, एजेन्सी । ७ वर्षे बालकले एक घण्टा पौडिएर बचाए बुबा र बहिनीलाई । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको सबैभन्दा लामो नदी सेन्ट जोन्समा ७ वर्षे बालकले एक घण्टा पौडि खेलेर आफ्नो बुबा र बहिनीलाई बचाएका छन् । नदिको तिव्र करेन्टबीच ७ वर्षिय चेसले आफ्नो बहिनीर बुबालाई बचाएका छन् ।

आफ्नी ४ वर्षिया छोरी अबिगल र ७ वर्षिया छोरा चेससँग नदि किनारमा माछा मार्न गएका स्टेभेन पाउस्टसँग यो घट्ना घटेको हो ।

ज्याक्सनभिलमा माछा मार्न गएका उनीहरुले नदिमा जानलाई डुंगा भाडामा लिएका थिए । माछा मार्न नदिमा छिरेपछि पाउस्टका दुई सन्तान डुंगाकै छेउमा पौडिन थाले । तर, नदिमा तिव्र गतिमा पानी बहिरहेकाले दुई सन्तानलाई अलग अलग बनाइदियो ।

उनकी छोरी डुंगामा झुन्डिरहेकी थिइन् । तर, पानीको बहावले उनलाई त्यहाँबाट अलग बनाइदियो । यो देखेपछि सात वर्षिया चेस आफ्नी बहिनीलाई बचाउनतर्फ लागे । तर, त्यहाँ उनीहरु दुवै जना समस्यामा देखिए ।

त्यसपछि बुबा पोउस्ट छोराछोरीलाई बचाउन डुंगाबाट नदिमा हाम फालेका थिए । छोराले लाइफ ज्याकेट नलगाएले उसलाई छोरालाई किनरतर्फ जान निर्देशन दिदैं छोरालाई धेरै माया गर्ने र ‘अब के हुने हो थाहा छैन’ भनेको बताएका छन् ।

आफू छोरीलाई बचाउन प्रयास गर्दा गर्दै पनि नदिको बहावले उनलाई रोकिरहेको थियो । यसबीच चेसले भने पानीको बहावसँगै पौडिएर भिडिरहेका थिए । एकातिर बहिनी र बुबालाई पानीको तिव्र बहावले बगाएर निकै तल पुर्याएको थियो भने चेस आफू एक घण्टासम्म पौडिएर किनारमा आइपुगेका थिए ।

जसो तसो किनारमा आइपुगेका उनले ज्याक्सनभिलको उद्धार टोलीलाई बोलाएर बुबा र बहिनीलाई बचाउन भनेका थिए । उक्त उद्धार टोलीका अनुसार चेसका बुबा पाउस्ट र बहिनी अबिगेललाई नदिले बगाएर एक माइल पर्याएको थियो ।

चेस र उनका बुबासँग गरिएको अन्तर्वातामा उनका बुबाले बताएअनुसार चेसले विभिन्न शैलीमा पौडिएर किनारमा पुगि उद्धार टोलीलाई बोलाएका थिए । तर, यसबारेमा सोध्दा चेसले भने आफूले ‘कसरी त्यो शैलीमा पौडिन सके’ं भन्ने बारेमा थाहा नभएको बताएका छन् ।

उक्त उद्धार टोलीका प्रवक्ता एसिक प्रोसस्विमरका अनुसार चेसले नदिको त्यस्तो तिव्र घारमा कसरी पौडिएर किनारसम्म आइपुगेभन्ने कुरा निकै अश्चर्यजनक छ ।

उनले पत्रकार सम्मेलनमा भनेका थिए, ‘चेसको धैर्यता र आँटले नै उनका बुबा र बहिनीलाई हामीले जोगाउन सक्यौं । अहिले उहाँहरु सुरक्षित र स्वस्थ्य हुनुहुन्छ । तर, यस्तो तिव्र धारमा बगेको नदिमा चेस कसरी पौडिन सके भन्ने कुरा अच्चम लाग्दो छ ।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.