दुई महिनापछि बेलायतमा सबैभन्दा धेरै सङ्क्रमित भेटिए
२३ जेठ, एजेन्सी । बेलायतमा दुई महिना यता सबैभन्दा धेरै कोरोनाका सङ्क्रमित भेटिएका छन् ।
त्यहाँको सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा शुक्रबार दुई महिना यताकै धेरै सङ्क्रमित भेटिएका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
शुक्रबार यहाँ ६ हजार २३८ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका हुन् ।
यो संख्या बेलायतमा करिब दुई महिना यताकै धेरै हो ।
त्यहाँ अहिलेसम्ममा देशभरिमा कोरोनाका ४५ लाखभन्दा बढी सङ्क्रमित भेटिएका पाइएको छ भने कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा १ लाख २७ हजार जनाको ज्यान गइसकेको छ ।
अधिकारीहरुले पछिल्लो समयमा फेरि बेलायतमा दैनिक देखिने संक्रमितहरुको संख्या बढ्न थालेको बताएका छन् ।