Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

ह्वाट्सएपमा ‘प्लेब्याक स्पिड’ फिचर उपलब्ध, फास्ट स्पिडमा भ्वाइस म्यासेज सुन्न सकिने

0 71

२२ जेठ, काठमाडौं ।ह्वाट्सएपले आधिकारिक रुपमै भ्वाइस म्यासेजका लागि ‘प्लेब्याक स्पिड’ नामक फिचर उपलब्ध गराएको छ । यो फिचर पहिलो चरणमा बेटा भर्सनमा उपलब्ध भएको थियो । अब भने यो फिचर सबै प्रयोगकर्तामाझ उपलब्ध भएको छ ।

याे फिचरअन्तर्गत प्रयोगकर्ताले तीन फरक स्पिडमा ह्वाट्सएपमा आएको म्यासेज सुन्न सक्नेछन् । जसमा एउटा सामान्य गति हो भने एउटा १.५ गुणा र अर्को २ गुणा फास्ट स्पिडमा सुन्न सकिने छ ।

यो फिचरमा ह्वाट्सएपले ट्वीटरमार्फत जानकारी दिएको हो । जसमा नर्मल स्पिड आफैं लागू हुनेछ भने अन्य स्पिड भने आफैंले परिवर्तन गर्नुपर्ने छ । यो फिचर हाल सबै प्रयोगकर्तालाई उपलब्ध भइसकेकाले तपाईंले आफ्नो ह्वाट्सएपमा पनि यो फिचर देख्न सक्नुहुनेछ ।

यदि यो फिचर उपलब्ध नभएको खण्डमा तपाईंले ह्वाट्सएप अपडेट गरी प्रयोग गर्न सक्नुहुनेछ । यो फिचर ह्वाट्सएपको मोबाइल तथा डेस्कटप दुवै भसर्नमा उपलब्ध छ ।

कसरी प्रयोग गर्ने ?

यो फिचर तपाईंले कुनै भ्वाइस म्यासेज प्राप्त गरेसँगै स्वतः रुपमा देख्नुहुनेछ । उक्त भ्वाइस म्यासेजसँग रहेको ‘प्लेब्याक स्पिड आइकन’ मा क्लिक गरी तपाईंले उक्त म्यासेज कुन स्पिडमा सुन्ने हो, छनोट गरी सुन्न सक्नुहुनेछ । यसमा स्पिड बढाएर सुन्न सकिने फिचर उपलब्ध भएता पनि स्पिड घटाएर सुन्न सकिने सुविधा भने छैन ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.