Advertisement

विदेशबाट नेपाल आउँदै हुनुहुन्छ भने यस्ता मापदण्ड पालना गर्नुपर्नेछ

0 905

Advertisement

२२ जेठ, काठमाडाैं । नेपाल सरकार कोभिड –१९ संकट व्यवस्थापन केन्द्रले नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गरेको छ।

अहिले सरकारले चीन, टर्की र कतारका लागि हप्तामा एक दिन दुईतर्फी नियमित उडान खुलेको हो। ती देशबाट आउँदा नेपालीहरुले विभिन्न मापदण्डको पालना गर्नुपर्नेछ। यसबाहेक जुनसुकै देशबाट नेपाल आएपनि तोकिएको मापदण्ड पुरा गर्नुपर्ने छ ।

विदेशबाट आउनेले के गर्ने ?

तपाईं विदेशबाट नेपाल आउँदै हुनुहुन्छ भने तपाईंले एउटा फारम भर्नुपर्ने हुन्छ । तपाईले भर्ने फारममा विभिन्न मापदण्डहरु राखिएका छन् । फारममा तपाईंको व्यक्तिगत विवरण, पारिवारीक विवरण, यात्राको विवरण, हाल रहेको देशको विवरण, नेपाल फर्किएपछिको भावि योजना, स्वास्थ्य विवरणलगायत सोधिएको हुन्छ । त्यो सबै तपाईंले भर्नुपर्छ ।

तपाई जुनसुकै देशबाट नेपाल आएपनि १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइन वस्नु पर्ने हुन्छ । क्वारेन्टाइन कहाँ बस्ने भनेर तपाईंलाई ‘अप्सन’ दिइएको छ ।

पहिलो, तपाईं आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्न सक्नुहुन्छ । जसका लागि तपाईंले फारममै दिएको अप्सन अनुसार तपाई कुन होटल क्वारेन्टाइन बस्ने उल्लेख गर्नुपर्छ । दोस्रो स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टाइनमा पनि बस्न सक्नुहुने छ । तेस्रो तपाई होम क्वारेन्टाइनमा पनि बस्न सक्नुहुने छ तर यसका तपाईंको पिसिआर नेगेटीभ प्रमाणित हुनुपर्छ ।

फारम भर्नको लागि यहाँ क्लिक गर्नुहोला

फार कसरी भर्ने ?

– गुगल क्रोम (Google Chorme) वा फायरफक्स (Firefox) Web Browser बाट फारम भर्नुहोला ।
– फारम भर्दा कुनै दुविधा भएमा Correction Support मा गई सही इमेल, राहदानी नं। आदि मागिएको विवरण राखी खुलस्त रूपमा के गर्नुपर्ने हो Feedback पठाउनुहोला ।
– रातो चिन्ह लगाइएका विवरण नछुटाई भर्नुहोला । सही विवरण उपलब्ध भएपश्चात मात्र उक्त इमेलमा थप जानकारी पठाइनेछ ।
– फारम भरिसकेपछिको तपाइँको System Generated Bar Code को  Screenshot (Win + PrtSc) गरी वा Print प्रतिलिपि तुरुन्त सुरक्षित आफैँसँग राख्नुहोला ।
– यदी पहिला नै यो फारम भसकेको भए फेरी दोहोराएर नभर्नुहोस् । आफूले पहिले प्राप्त गरिसक्नुभएको Bar Code उल्लेख गरी अध्यावधिक गराउनु पर्ने विवरणलाई Correction Support मा गई भरेर पठाउनुहोला ।
– Flight बाट आगमन हुने यात्रुहरूको हकमा फारम भर्दा Flight Confirm भई PCR Report प्राप्त भइसकेपछि मात्र भर्दा उपयुक्त हुने छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.