Advertisement

भारतमा एक लाख २० हजार सङ्क्रमित थपिए

0 1,225

Advertisement

२२ जेठ, काठमाडौं । भारतमा कोरोनाभाइरसका एक लाख २० हजार ५२९ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमित शुक्रबारको अपेक्षा ११ हजार ८३५ ले कम हो ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म दुई करोड ८६ लाख ९४ हजार ८७९ जना सङ्क्रमित भएका छन् । भारतमा सक्रिय सङ्क्रमित हाल १५ लाख ५५ हजार २४८ छन् ।

पछिल्लो चौबीस घण्टामा एक लाख ९७ हजार ८९४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ६७ लाख ९५ हजार ५४९ जना सङ्क्रमित निको भएका छन् । भारतमा हालसम्म ३६ करोड ११ लाख ७४ हजार १४२ नमूना परीक्षण गरिएको छ । शुक्रबार २० लाख ८४ हजार ४२१ नमूना परीक्षण गरिएको छ ।

भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन लाख ४४ हजार ८२ पुगेको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ३८० सङ्क्रमितको ज्यान गएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २२ करोड ७८ लाख ६० हजार ३१७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.