ट्रम्पलाई दुई वर्षका लागि फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध
२२ जेष्ठ, काठमाडौं । संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुकले दुई वर्षको लागि प्रतिबन्ध लगाएको छ । फेसबुक इंकले आफ्नो स्वामित्वमा रहेका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा ट्रम्पलाई थप प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।
फेसबुकले ट्रम्पको व्यवहार कम्पनीको नीतिभन्दा बाहिर भएकाले उनलाई थप दुई वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यसअघि फेसबुकको ओभरसाइट ब्रोडले चाँडै डोनाल्ड ट्रम्पलाई फेसबुक तथा इन्स्टाग्राममा फुकुवा गर्नसक्ने जनाइएको थियो ।
तर, त्यसको ठ्याक्कै विपरित रहेर फेसबुकको ओभरसाइट बोर्डले प्रतिबन्ध बढाउने निर्णय लिएको हो । फेसबुकको यो निर्णयसँगै ट्रम्पले प्रतिक्रिया दिएका छन् । उनले भनेका छन, ‘फेसबुकले लिएको यो निर्णयबाट अघिल्लो वर्ष भएको राष्ट्रपति चुनावमा मलाई मतदान गर्ने लाखौं मतदाताकाे अपमान भएको छ ।’
योसँगै सामाजिक सञ्जालमा राजनीतिज्ञले विभिन्न प्रोपोगाण्ड गरेर आफूलाई माथि राख्ने कदमको अन्त्य भएको विश्लेषण गरिएकाे छ ।
एजेन्सी