Advertisement

जेठकृष्ण अपरा (अचला ) एकादशीकाे धार्मिक महत्व!

0 1,390

Advertisement

२२ जेठ, काठमाडौं । मिति २०७८ साल जेठ २३ गते अाइतबार जेष्ठकृष्ण अपरा {अचला}एकादशी प्रात : ८ / ०३ बजेसम्म र त्यस उप्रान्त द्वादशी तिथि भएकोले युधिष्ठिरले भन्नुभयो – हे भगवन ! ज्येष्ठ कृष्णपक्षको एकादशीको के नाम हो तथा त्यसको माहात्म्य के छ त्यो कृपा गरी आज्ञा गर्नु हवस् ? भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो हे राजन ! यो एकादशी ‘अचला’ तथा’ अपरा दुई नामबाट प्रसिद्ध छ। पुराण-अनुसार ज्येष्ठ कृष्ण पक्षको एकादशी अपरा एकादशी हो, किनभने यसले अपार धनसंपदा प्रदान गर्दछ।जो मनुष्यले यस व्रतलाई नियमपूर्वक पालना गर्दछ, त्यो संसारमा प्रख्यात हुन्छ। यस दिन भगवान त्रिविक्रमको पूजा गर्ने प्रचलन छ ।

अपरा एकादशीको व्रतको प्रभावले ब्रह्महत्या, भूतयाेन, परनिन्दा आदिबाट उत्पन्न भएका सबै पाप नष्ट हुन्छन्। यस व्रतको पालनाबाट परस्त्री-गमन, झूठो बकपत्र, असत्यवादन, नक्कली विद्याध्ययन वा निर्माण, नक्कली भविष्यवाणी तथा नक्कली वैद्य हुनु आदि सबै पाप नष्ट हुन्छन्। जो क्षत्रिय युद्धभूमिबाट भाग्छन ती नरकगामी हुन्छन, परंतु अपरा एकादशीको व्रत लिनाले ती पनि स्वर्ग पुग्दछन।जो शिष्य गुरूसित शिक्षा ग्रहण गरेर पुनः उनकै निन्दा गर्दछन ती पनि नरकगामी हुन्छन् तर अपरा एकादशीको व्रत गर्नाले ती पनि यस पापबाट मुक्त हुन पुग्छन।जुन फल तीनैवटा पुष्कर तीर्थमा कार्तिक पूर्णिमाका दिन स्नान गर्नाले वा गंगा तटमा पितृहरूलाई पिंडदान गर्नाले प्राप्त हुन्छ, त्यो फल अपरा एकादशीको व्रत गर्नाले प्राप्त हुन जान्छ।

मकरको सूर्यमा प्रयागराजको स्नानबाट, शिवरात्रिको व्रत गर्नाले, सिंह राशिको बृहस्पतिमा गोमती नदीको स्नानबाट, कुंभमा केदारनाथको दर्शन वा बद्रीनाथको दर्शन, सूर्यग्रहणमा कुरुक्षेत्रको स्नानबाट, स्वर्णदान गर्नाले अथवा अर्द्धप्रसूता गौदानबाट जुन फल प्राप्त हुन्छ, त्यही फल अपरा एकादशीको व्रतबाट प्राप्त हुन्छ।यो व्रत पापरूपी वृक्षलाई काटने बन्चरो हो। पापरूपी ईंधनलाई बाल्ने अग्नि, पापरूपी अंधकारलाई मेटाउने सूर्य, मृगलाई मार्ने सिंह समान छ।

अत: मनुष्यले पापसित डराउँदै यस व्रतलाई अवश्य पालना गर्नु पर्दछ। अपरा एकादशीको व्रत तथा भगवानको पूजन गर्नाले मनुष्य सबै पापबाट मुक्त भई विष्णु लोकमा पुग्दछ। यस अपरा वा अचला एकादशीको प्रचलित कथाअनुसार प्राचीन कालमा महीध्वज नामक एउटा धर्मात्मा राजा थिए। त्यसको कान्छो भाइ वज्रध्वज असाध्यै क्रूर, अधर्मी तथा अन्यायी थियो। ऊ आफ्ना दाजुसित द्वेषबुद्धि राख्दथ्यो। त्यस पापीले एक दिन रात्रिको समयमा आफ्ना दाजुको हत्या गरेर उनको मृत शरीरलाई जंगलमा एउटा पीपलको फेदमा गाडयो। यस अकाल मृत्युबाट राजा प्रेतात्माका रूपमा त्यसै पीपलको रुखमा बस्नथाले र किसिम किसिमका उत्पात गर्न थाले। एक दिन कतै जाने उद्देश्यले धौम्य नामका ॠषिले त्यही पीपलको रुख रहेको बाटो हुँदै यात्रा गरे। उनले त्यस प्रेतलाई देखे र तपोबलका माध्यमले प्रेतको अतीतलाई पहिचान गरे, साथै आफ्नो तपोबलले प्रेतले उत्पात मच्चाएको पृष्ठभूमि एवं कारणसमेत थाहा पाए। ॠषिले प्रसन्नचित्त भई त्यस उस प्रेतलाई त्यस पीपलको रुखबाट बाहिर निकाले र परलोकगमन गर्न अलौकिक विद्याको उपदेश गरे ।

दयालु ॠषिले राजाको प्रेतयोनिबाट मुक्ति दिलाउन स्वयं आफुले अपरा (अचला) एकादशीको व्रत सम्पादन गरे र ती राजालाई अधोगतिबाट मुक्त बनाउन त्यस एकादशीको पुण्य त्यस प्रेतलाई अर्पित गरे। यस पुण्यको प्रभावबाट राजाको प्रेतयोनिबाट मुक्ति भयो। तिनले ॠषिलाई साधुवाद व्यक्त गर्दै दिव्य देह धारण गरी पुष्पक विमानमा बसेर स्वर्गलोक प्रस्थान गरे।। यस एकादशीको व्रतकथालाई पढने तथा सुन्ने दुबै थरी वैकुण्ठ पुग्छन भन्ने मान्यता छ । यसलाई पढनाले अथवा सुन्नाले मनुष्य सबै पापबाट मुक्त हुन्छ ।
पं- बालमुकुन्द देबकाेटा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.