Advertisement

जीटुजीमार्फत भारतबाट दुई लाख टन मल ल्याइँदै

0 985

Advertisement

२१ जेष्ठ, काठमाडाै । पहिलो प्राथमिकता टेन्डर प्रक्रिया भएकाले टेन्डरबाट मल नआउँदा अधिकतम २ लाख मेट्रिक टन जीटुजीमार्फत ल्याउने सैद्धान्तिक सहमति भएको उनको भनाइ छ । प्रतिवर्ष २ लाख मेट्रिक टन मल ल्याउने तयारी गरिएको उनले जानकारी दिए । यो वर्ष बंगलादेशबाट मल आएकाले पर्याप्त स्टक रहेकाले धान रोप्ने बेला बजारमा अभाव नहुने पनि उनले जानकारी दिए । कृषि सामग्री कम्पनी लिमिटेडले भारतमा तोकिएको कम्पनीमार्फत रासायनिक मल ल्याउने छ । टेन्डर प्रक्रियाबाट मल नआउँदा र बजारमा मलको अभाव भएपछि जीटुजीमार्फत मल ल्याउने हो । मल ल्याउनका लागि सरकार टु सरकार र दुई कम्पनीबीच दुई चरणमा सम्झौता हुने मन्त्रालयले जानकारी दिएको छ । जीटुजीमार्फत मल आयात गरेपछि मल खरिदमा हुने कमिसन स्वतः हट्ने र यसका कारण किसानले सस्तो मूल्यमा मल पाउने मन्त्रालयको भनाइ छ ।

सरकारले बजारको मागअनुसार मल खरिद नगर्दा विगतका वर्षमा किसानले अभाव खेप्दै आएका थिए । समयमा मल आयात नहुँदा किसानले वर्षेनी धान रोप्ने बेला मलको चरम अभाव खेप्दै आएका थिए । चालू आर्थिक वर्षमा रासायनिक मल खरिद गर्नका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि एक अर्ब बढेर १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । मुलुकमा वार्षिक रूपमा सात लाख मेट्रिक टन रासायनिक मलको माग छ । मागअनुसार आयात नहुँदा वर्षेनी अभाव हुने गरेको थियो । काराेबार दैनिकमा खबर छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.