टेकुस्थित फोहरमैल संकलन केन्द्रमा आगलागी
२० जेठ, कठमाडौ । काठमाडौंको टेकुस्थित फोहर संकलन केन्द्रमा आगलागी भएको छ । काठमाडौ महानगरपालिकाको वातावरण विभाग अन्तर्गतको सो अस्थायी डम्पिङ साइटमा फोहोर जलाउने क्रममा आगो लागेको अनुमान गरिएको छ ।
तीनवटा दमक तथा प्रहरीको सहयोगमा नियन्त्रणमा आएको छ । आगो नियन्त्रण भई दमकल फर्किएको भए पनि क्षतिको विवरण नआइपुगको काठमाडौ दमकल कार्यालयले जनाएको छ ।