Advertisement

अष्ट्रेलिया पुगेकी प्रकृती केही बर्षपछि चलचित्र ‘बिहे पास’बाट कमब्याक

0 1,060

Advertisement

२० जेठ, काठमाण्डाैं । चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन् प्रकृती श्रेष्ठ । उनले चलचित्र ‘जिन्दगी रक्स र उत्सव’मा काम गरिन् । यसपछि, बिहे गरेर अष्ट्रेलिया पुगेकी प्रकृती केही बर्षपछि चलचित्र ‘बिहे पास’बाट कमब्याक गर्दैछिन् । उनै, प्रकृतीले सामाजिक संजाल इन्स्टाग्राममा आफ्ना फ्यानको प्रश्नको उत्तर दिने क्रममा आफूले चलचित्र क्षेत्रमा यौन उत्पीडन भोगेको बताएकी छिन् ।

एक फ्यानको प्रश्नमा उनले चलचित्र क्षेत्रमा प्रवेश गर्दाको सुरुवाती दिनमा आफूले यस्तो समस्या भोगेको बताइन् ।प्रकृतीले यस्तो गलत कुराको बिषयमा बोल्न आफू नडराएको पनि बताएकी छिन् । आफू वा अरु कोहीलाई ती व्यक्तिहरुले फेरि यस्तो गलत हर्कत नगरुन् भन्ने सोचेर आफू बोल्न नडराएको प्रकृतीको भनाई छ ।अर्का एक फ्यानले प्रकृतीलाई आमा कहिले बन्नुहुन्छ भनेर पनि सोधेका छन् ।

जसमा प्रकृतीले आफूलाई सही समय आएको भन्ने लागेपछि यसतर्फ सोच्ने बताएकी छिन् । उनले, आफूलाई पहिलो बच्चा छोरी र दोश्रो बच्चा छोराको चाहना भएको पनि खुलाएकी छिन् । नायिका प्रकृती श्रेष्ठ चलचित्र ‘बिहे पास’को छायांकन सकेर अष्ट्रेलिया फर्किसकेकी छिन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.