Advertisement

आजदेखि गुगल फोटोजमा धेरै स्टोरेज लिनका लागि शुल्क तिर्नुपर्ने, यस्तो छ गुगलको शुल्क योजना

0 676

Advertisement

१७ जेष्ठ, एजेन्सी । अधिकांश प्रयोगकर्ताहरूले गुगल फोटोजमा उच्च गुणस्तरका फोटोहरूको स्टोरे गरेर राख्ने गरेका छन् । उनीहरुले यसअघिदेखि नै असिमितरुपमा स्टोरेज प्राप्त गरिरहेका छन्।

तर अब जून १ तारिख अर्थात आजदेखि कम्पनीले प्रयोगकर्तालाई १५ जीबी स्टोरेज मात्र प्रदान गर्ने भएको छ। कम्पनीले यसअघि नै त्यसबारेमा प्रयोगकर्ताहरुलाई जानकारी दिईसकेको छ ।

यसको अर्थ अबदेखि थोरै ठाउँमा प्रयोगकर्ताले फोटो र भिडियोहरू भण्डारण गर्नुपर्नेछ । तोकिएको भन्दा अधिक स्टोरेज लिनको लागि, प्रयोगकर्ताहरूले अबका दिनमा रकम भुक्तानी गर्नुपर्छ । जसअनुसार गुगल फोटोजमा थप स्टोरेज लिनका लागि प्रयोगकर्ताहरुले एक बर्षे योजनाको लागि करिब २८ सय रुपैयाँ खर्च गर्नुपर्नेछ।

यद्यपि, ती प्रयोगकर्ताहरू जोसँग गुगलको पिक्सेल २ वा त्यसपछि आएका मोडलहरू छन् उनीहरुले भने असीमित स्टोरेज प्राप्त गर्न जारी हुनेछ। गुगलले फोटो स्टोरेजलाई सशुल्क बनाउनका लागि गुगल वानमार्फत सुबिधा दिनेछ ।

अहिले प्रयोगकर्ताहरूले गुगल फोटोजमा उनीहरूको सबै फोटोहरू र भिडियोहरू अपलोड वा ब्याकअप गर्न सक्दछन्। गुगलको सशुल्क भुक्तान योजना जून १, २०२१ देखि लागू हुनेछ।

यद्यपि गुगल पिक्सल स्मार्टफोन भएका उपयोगकर्ताहरूले निरन्तर असीमित स्टोरेज पाउने छन्। हाल, गुगलले १५ जीबीको नि: शुल्क भण्डारण प्रदान गर्दछ जुन जीमेल, गुगल ड्राईभ र गुगल फोटोहरूको लागि हो।

कति पर्ला शुल्क ?

गुगलले १५ जीबी भन्दा धेरैे स्टोरेज चाहिने प्रयोगकर्ताहरुको लागि विभिन्न अप्सन दिएको छ । यसमा १५ जीबीसम्म निशुल्क पाईएपनि त्यस भन्दा धेरै स्टोरेजको लागि रकम तिर्नुपर्नेछ । तर १५ जीबीको भने शुल्क लाग्दैन् ।

गुगल वानका अनुसार त्यसभन्दा माथि १०० जीबी २०० जीबी र २ टिबीको प्लान ल्याएको छ । जसमा मासिक र वार्षिक रुपमा शुल्क तिर्न सकिनेछ । यसमा वार्षिकरुपमा सेवा लिँदा भने कम्पनीले १६ देखि १७ प्रतिशतसम्म छुट दिनेछ । हेर्नुहोस् शुल्क दरः

स्टोरेज शुल्क
१०० जीबी १.९९ डलर अर्थात करिब २३५ रुपैयाँ मासिक
२०० जीबी २.९९ डलर अर्थात करिब ३५३ रुपैयाँ मासिक
२ टिबी ९.९९ डलर अर्थात करिब १,८७९ रुपैयाँ मासिक
१०० जीबी १९.९९ डलर अर्थात करिब २,३५९ रुपैयाँ वार्षिक
२०० जीबी २९.९९ डलर अर्थात करिब ३,५३९ रुपैयाँ वार्षिक
२ टिबी ९९.९९ डलर अर्थात करिब ११,७९९ रुपैयाँ वार्षिक



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.