Advertisement

मानव अधिकार तथा शान्ति समाज र नयाँ बस्ती युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

1 783

Advertisement

१५ जेठ, काठमाडौं । कोरोना भाईरस (COVID-19) को संक्रमणको बढ्दो दर र यसलाइ नियन्त्रण गर्न जारि गरिएको निषेधाज्ञाको बिषम परिस्थितमा रक्तसञ्चार केन्द्रहरुमा रगतको चरम अभाव केही कम गर्न आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मानव अधिकार तथा शान्ति समाज र नयाँ वस्ति युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मानव अधिकार तथा शान्ति समाज तथा नयाँ बस्ती युवा क्लवको संयुक्त रुपमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको, छोटो समयको तयारी तथा अहिलेको अवस्थामा पनि स्थानीय तथा सामाजिक व्यक्तिहरुको उपस्थितिमा ३४ जना व्यक्तिहरुले रक्तदानमा सहभागि जनाएको  मानव अधिकार तथा शान्ति समाज काठमाडौं सचिव ईश्वर पुडासैनीले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रम नयाँबस्ती

रक्तदानमा सहभागि रक्तदान गरौं, जिवन बचाउने अभियानमा सहभागि बनौं आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज तथा नयाँ बस्ती युवा क्लवका सदस्यहरु, स्थानीय युवाहरु संगै गोकर्णश्वर नगरपालिकाका वडा ०५ का अध्यक्ष नारायण सुवेदी तथा गोकर्णश्वर नगरपालिकाका वडा ०६ का अध्यक्ष रमेश अर्याल लगायत मानवअधिकार तथा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनीले संयोजन कार्यक्रममा समाजका महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जंगुनाथ पुडासैनी लगायतका अन्य सदस्यहरु उपस्थित रहेको मानव अधिकार तथा शान्ति समाज काठमाडौं सचिव पुडासैनीले बताउनुभयो ।


उक्त कार्यक्रम नयाँबस्ती युवा क्लब प्राङगणमा विहान ११ बजेर २५ मिनेट बजेबाट सुरु भएको हो । पुडासैनीले निषेधज्ञाको समयमा रक्तदान कार्यक्रम राम्रै संग सम्पन्न भएको छ । र कार्यक्रमा उपस्थित सवैमा सामाजिक कार्यमा सहभागि हुने सवैमा धन्यवाद व्यक्त गर्नुभएको छ । कार्यक्रम सामजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गरीएको उनले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
1 Comment
  1. […] DonationBudgetBudget 2078businessCoronavirusCovid-19digital khabarhealth 098ShareFacebookTwitterLinkedinSubscribe to our newsletterSign up here to get the latest news, […]

Leave A Reply

Your email address will not be published.