Advertisement

कोभिड बिरुद्ध आत्मबल बढाउन धार्मिक अगुवाहरु जुट्ने

0 1,644

Advertisement

१२ जेठ, काठमाडौं । लुम्बिनी विश्वबिद्यालयका पूर्व उपकुलपती डा. नरेशमान बज्राचार्य लगायतका धार्मिक अगुवाहरुले कोभिड १९ लाई जित्नको लागि सचेतना र आम नागरिकलाई आत्मबल बिकास गर्नुका साथै बालबालिकालाई उत्प्रेरणा दिने कार्यक्रम सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुद्ध जयन्ती, उभौली,गोरख जयन्ती र चण्डी पुर्णीमाका अवसरमा सबै धर्मकाअगुवाहरुलाई भरच्युल माध्यमबाट एकै ठाउमा राखेर धार्मिक सद्भाव बृद्धि गर्ने र कोभिडका बिरुद्ध लड्ने उत्प्रेरणा बृद्धी गर्ने उद्देश्यले आयोजित कार्यक्रममा धार्मिक अगुवाहरुले उक्त कुरा बताउनु भएको हो ।

वल्डभिजन इन्टरनेशनल नेपाल, निरन नेपाल, अकोराब र सीआईएनको सहकार्यमा भरच्युल माध्यमबाट भएको कार्यक्रममा बिभिन्न धर्मका धार्मिक गुरु तथाअगुवाहरू, बालबालिका र बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाका सय जनाभन्दा बढि प्रतिनिधिको सहभागिता रहेको थियो ।


हिन्दु बिद्यापिठका संस्थापक चिन्तामणी योगीले कोभिड १९काकारण बिद्यालय बन्द भएकाले अबिभावकहरुले बालबालिकालाई घरमा दैनिक तालिका बनाएर व्यवहारिक ज्ञान सिकाई व्यस्त बनाउनु पर्ने बताउनु भयो । उहाँले अहिलेको जस्तो अवस्था सधै नरहने भन्दै आशा जगाउने कार्यक्रम गर्न आफु तयार रहेको बताउनु भयो ।

मनोपरामर्शकर्ता गोपाल ढकालले बालमानोबिज्ञानमा त्रास फैलिएको र विद्यालय बन्द हुँदा अन्योलता बढेकाले उनीहरुका लागिआध्यात्मिक ज्ञान र उत्प्रेरणा दिने शिक्षा घरमै दिनु पर्ने बताउनु भयो । चिन्तामा रहेका बालबालिकालाई परामर्श दिने जीवनजगतको चक्रलाई बुझाउने काम परिवारका जेष्ठ सदश्य र धर्मगुरुहरुबाट गराउनु पर्ने उहाँले बताउनु भयो । कार्यक्रममा स्लामधर्मका अगुवा इरफान पोखरेलले कोभिडको समयमा आफ्नो समुदायमा हुने वालविवाह रोक्नको लागि आफुहरु सजक भएको बताउनु भयो ।

क्रिस्चीयन क्याथोलिक समुदायका अगुवा जस निरौलाले कोभिडको अहिलेको त्रासादिपूर्ण समयमा बालबालिकामात्रै होइन पौढहरुलाई पनि आफ्नो आफ्नो धर्मकाअगुवाहरुले उत्साह र आत्मवल बढाउनको लागिभूमिका खेल्न सक्ने बताउनु भयो । थानकोटका बिद्यार्थी सोभा पराजुलीले बालिका र महिलामाथि हुने हिंसा रोक्नधर्मगुरुहरुलाई आग्रह गर्नु भयो । किरातधर्मका गुरु तिर्थ राईले यस्तो बेलामा अबिभाबकले आफ्नो बालबालिकालाई प्रकृतिचिन्न सघाउनु पर्ने भन्दै उभौलीको शुभकामना दिनुभयो ।

बालबालिकाहरुकालागि यो बेलामा उत्प्रेरणामुलक कार्यक्रम सीआईएनमार्फत गर्न निरनकाअध्यक्ष हर्स थापा, चिन्तामणी योगी, भिक्षु पीयादासी लगायत आग्रहगर्नुभयो । सबै धर्मका चाडपर्वकाअवसरमा सबै धर्मका गुरुहरुलाई एकै ठाउमा राखेर सद्भाव बृद्धि र परिवर्तनका लागि संकल्प गराउने काम विगत वर्षदेखी सीआईएनले गर्दै आएको र आगामिदिनमा अझै धर्मगुरु र बालबालिकालाई जोड्ने कार्यक्रम सीआईएनले गर्ने सीआईएनका प्रवन्धक दीपकआचार्यले बताउनु भयो । इसाई धर्मकाअगुवा इसुजंग कार्कीले कोभिडको समयमाबाहिर घुम्नु भन्दा पनि धार्मिक पुस्तकहरु पढ्ने गर्नाले अबिभाबकका साथै छोराछोरीको पनि पढ्ने बानिको बिकास हुने बताउदै त्यता तर्फ ध्यानदिन सबै अबिभाबकलाई आग्रह गर्नुभयो ।

कर्मकाण्ड महासंघका उपाध्यक्ष रामचन्द्र भण्डारीले महासंघले अब सबै प्रकारका धार्मिक कार्य रोक्न र मठमन्दीरबाट फैलने संक्रमण रोक्न कामगर्ने प्रतिवद्धता व्यक्तगर्नु भयो । उहाँले बन्दाबन्दीको बेलामाविगतमा जस्तै यस पटक पनि बालविवाह हुन नदिन सबै धर्मगुरुलाई त्यस्तो कार्यमा सहभागिनहुनआग्रह गर्नु भयो । असोधाराका आचार्य डा. नम्रता पाण्डेले यस्तो समयमा बालबालिकालाई कलाकारिता र सकारात्मक कुराहरु मात्रै सिकाउनु पर्ने बताउनु भयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.