Advertisement

कर्मचारीमा संक्रमण तीव्र फैलिएपछि उपत्यकामा एउटा बैंकको ६ शाखा मात्र खोल्न निर्देशन

0 676

Advertisement

१० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंकका कर्मचारीमा संक्रमण फैलिएपछि बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर सीमित शाखाबाट सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा एउटा गरी काठमाडौं उपत्यकामा ६ वटामात्र शाखा आलोपालो गरी खोल्न निर्देशन दिएको हो ।

यसैगरी विकास बैंकलाई काठमाडौंमा २ तथा भक्तपुर र ललितपुरमा १–१ शाखा गरी ४ शाखा र वित्त (फाइनान्स) कम्पनीलाई काठमाडौं, भक्तपुर र ललितपुरमा १/१ शाखा गरी ३ शाखाबाट आलोपालो गरी सेवा दिन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशन अनुसार अब वाणिज्य बैंकहरुले उपत्यकाभित्र दिनमा ६ वटा, विकास बैंकले ४ वटा र वित्त कम्पनीले ३ वटा मात्र शाखा आलोपालो गरी खोल्न पाउनेछन् ।

यसैगरी राष्ट्र बैंकले गत बैशाख १९ गते जारी निर्देशन बमोजिम केन्द्रीय कार्यालय सञ्चालन गर्ने र अत्यावश्यक बैंकिङ्ग सेवाका लागि बन्द रहेका शाखाको सम्पर्क व्यक्तिको नम्बर, सेवा प्राप्त गर्न सकिने बैकल्पिक शाखा, शाखा खुला रहने समय सम्बन्धी सूचना दैनिक रुपमा प्रकाशनमा ल्याउन समेत निर्देशन दिएको छ ।

नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार आइतबारसम्म वाणिज्य बैंकका मात्र २ हजार ४८० जना कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएको छ । अघिल्लो सातामा बढेर २ हजार ६०० बढी पुगेको यो संख्या पछिल्लो दिनमा भने घट्न थालेको उनले बताए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.