Advertisement

प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज गर्ने म्यान्मारको निर्वाचन आयोगको तयारी

0 514

Advertisement

०९ जेष्ठ, म्यानमार म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने संभावना देखिएको छ । सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी ९एनएलडी० लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो ।

गत बर्ष भएको निर्वाचनमा जालसाझी गरेको आरोप लगाउदै सो पार्टी खारेज गर्ने बारेमा विचार गरिरहेको आयोगले स्पष्ट पारेको छ । सेनाद्धारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग राजधानीमा शुक्रबार भएको छलफलमा सुकीको पार्टी खारेज गर्ने बारेमा आफुहरुले विचार गरिरहेको जानकारी दिनुभएको हो ।

“सो पार्टीले अरु पनि अवैधानिक कामहरु गरिरहेकाले त्यो पार्टी विघटन हुनसक्छ,” उहाँले बैकमा भन्नुभयो । गत बर्षको नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले ८३ सिटमा जित हासिल गरेको थियो । त्यस निर्वाचनलाई सेनाले धाँधलीपूर्ण भएको भन्दै असन्तुष्टि जनाउदै आएको थियो ।

त्यतिबेलाको निर्वाचन धाँधलीपूर्ण भएकाले फेरि अर्को निर्वाचन गर्नुपर्ने भन्दै म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएको छ । म्यानमारमा सेनाले शिर्ष नेताहरुलाई बन्दक बनाउदै सत्ता नियन्त्रणमा लिएर अहिले आफै शासन गरिरहेको छ । गत फेब्रअरी १ मा सेनाले शासन हातमा लिएपछि त्यसको विरोधमा म्यानमारमा नागरिक आन्दोलन भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.