गोकर्णेश्वर नगरपालिका द्वारा किसानलाई हाते मिनी ट्रेलर (ट्याक्टर) वितरण
०८ जेष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका भित्रका किसानलाई मिनी ट्रेलर(ट्याक्टर) प्रदान गरिएको छ । नगरपालिकाको कृषि बिकास शाखाको बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत नगरपालिकाका वडा नं १ ,२ ३ र ४ मा किसानहरुको मागको आधारमा १५ वटा किसान समूहलाई एक/एक वटाको दरले ट्रेलर वितरण गरिएको हो । किसानहरुलाई आज एक कार्यक्रमका बीच नगर प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल लगायतले उक्त सामग्री प्रदान गरेका हुन। नगरपालिकाको ५० प्रतिशत अनुदान र बाँकी किसान समूहले व्यहोर्नेगरी वितरण गरिएको नगरपालिका कृषि शाखा प्रमुख इन्दिरा खड्काले डिजिटल खबरलाई जानकारी गराउनुभयाे ।
कृषि आधुनिकीकरणतर्फ किसानलाई आकर्षित गर्न र उत्पादन लागत घटाई उत्पादन बढाउन किसान समूहलाई मिनी ट्रेलर हस्तान्तरण गरिएको नगर प्रमुख सन्तोष चालिसेले जानकारी गराउनुभयाे । किसानहरुलाई कृषी पेशामा प्रेरित गर्न अनुदानमा कृषि उपकरण वितरण गरेर कृषि क्षेत्रमा आधुनिकीकरणसँगै प्रविधिको उच्च प्रयोग गर्न नगरपालिकाले योजना बनाइहेको समेत उहाँले जानकारी दिए ।
उक्त सामग्री हस्तान्तरण गर्दै परम्परागत कृषि प्रणालीमा पविर्तनको खाँचो भएको बताउदै महामारीको विषम परिस्थितिमा पनि स्वास्थ्य सुरक्षा साबधानी अपनाउदै कृषि शाखा मार्फत कृषकहरुलाई ध्यानमा राखेर नगरपालिकाले बिभिन्न कार्यक्रम गर्दै आएको र उक्त मिनी ट्रेलर वितरण पनि त्यसै मध्येको एक भएको बताए ।
हाललाई १५ वटा मिनी ट्रेलर वितरण गरिएको भए पनि थप १६ वटा केहि दिनमा वितरण गरिने जानकारी गराइएको थियो । कृषिमा उन्नत प्रविधिमार्फत् श्रम र लागत घटाइ उत्पादन बढाउन समय र कृषकको मागअनुसार मिनी टिलर वितरण गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । ५० प्रतिशत अनुदानमा मिनी ट्रेलर पाए पछि कृषकहरुले खुसि ब्यक्त गरेका छन ।
वितरण कार्यक्रमका नगर प्रमुख सन्तोष चालिसे, उपा प्रमुख शान्ति नेपाल , नगर प्रवक्ता तथा वडा ८ का अध्यक्ष मनोज कुमार दुंगाना, प्रमुख सल्लाहकार दिपक रिसाल, वडा ५ का अध्यक्ष नारायण बहादुर सुवेदी,वडा ६ का अध्यक्ष रमेश अर्याल, वडा ९ का अध्यक्ष राजिव थापा, वडा ६ का वडा सदस्य नवराज लामा, वडा ८ का वडा सदस्य नन्दलााल श्रेष्ठ, नगरपालिका कृषि शाखा प्रमुख इन्दिरा खड्का लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।
वितरण कार्यक्रमका नगर प्रमुख सन्तोष चालिसे, उपा प्रमुख शान्ति नेपाल, नगर प्रवक्ता तथा वडा ८ का अध्यक्ष मनोज कुमार दुंगाना, प्रमुख सल्लाहकार दिपक रिसाल, वडा ५ का अध्यक्ष नारायण बहादुर सुवेदी, वडा ६ का अध्यक्ष रमेश अर्याल, वडा ९ का अध्यक्ष राजिव थापा, वडा ६ का वडा सदस्य नवराज लामा, वडा ८ का वडा सदस्य नन्दलााल श्रेष्ठ, नगरपालिका कृषि शाखा प्रमुख इन्दिरा खड्का लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।