सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्: गगन थापा
०८ जेठ, काठमाडौं । हिजो मध्य राति नेपालको प्रतिनिधिसभा फेरी विधटन भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले शुक्रवार मध्यरातमा गरेको प्रतिनिधिसभा विघटनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी पनि भण्डारीले स्वीकृत गरेका छन्।
यस कार्यप्रति विपक्षी दलका नेताहरुले यसको कार्यको विरोध जनाएका छन् । नेपाली कांग्रेसका नेता गगन थापाले यस कदम प्रति सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेको आरोप लागाएका छन् ।
खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद!विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा७६(५)को आव्हान,अनुकुल नभएपछि फेरी विघटन!कस्तो सेटिङ!प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो।लिए! नेता थापाले समाजिक सञ्जाल मार्फत आक्रोस पोखेका छन् ।
सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्।महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन् उल्लेख गरेका छन् ।
साथै उनले नेतागण!नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आग्रह गरेका छन् ।
यो पनि पढ्नुहोस्: