Advertisement

नेपाललाई दिने सहयोग राशी बढाइयो, कोरोनाविरुद्धका सामग्री चाँडै नेपाल पठाइने -अमेरिकी विदेशमन्त्री

0 527

Advertisement

०८ जेष्ठ, एजेन्सी । काेरोनाविरुद्धका सामग्री चाँडै नेपाल पठाइने अमेरिकी विदेशमन्त्रीको बचन, नेपाललाई दिने सहयोग राशी बढाइयो
काठमाडौं, जेठ ७ । अमेरिकाले नेपाललाई दिने सहायतामा बृद्धि गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले सामाजिक सञ्जाल ट्वीटरमार्फत वैदेशिक सहायतामा वृद्धि गरिएको जानकारी दिनुभएको हो ।

अब अमेरिकाले नेपाललाई उपलब्ध गराउने वैदेशिक सहायता ५ अर्ब ८४ करोड अर्थात् ५० मिलियन डलर पुगेको उहाँले उल्लेख गर्नुभएको छ ।

कोभिड–१९ महामारीविरुद्ध घोषणा गरिएको सहयोगसमेत जोडेर बैदेशिक सहायताको आकारमा वृद्धि गरिएको जनाइएको छ ।

विदेशमन्त्री ब्लिंकेनले भन्नुभएको छ, ‘अमेरिकाले नेपाललाई उपलब्ध गराएको यो सहायताले कोभिड–१९ महामारीविरुद्ध लड्न दक्षिण एशियाली मुलुकलाई सहयोग गर्छ ।’

महामारीविरुद्ध चरणबद्ध सहायता उपलब्ध गराउने बचन दिँदै ब्लिंकेनले सहायताको पहिलो खेप चाँडै आउने पनि उल्लेख गर्नुभएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.