Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपाली कांग्रेस कार्यकर्ताको भावना र राजनीतिक सुझबुझ

0 860

०७ जेष्ठ, काठमाडौं । नेपाली कांग्रेस कार्यकर्ताको भावना र राजनीतिक सुझबुझ अनुसार चल्दछ । हामी केन्द्रिय समितिको निर्णयलाई संस्थगत निर्णय मान्दछैँ । व्यक्तिगत स्वतन्त्रलाई सम्मानपुर्वक लिने यस पार्टीमा नेताको कर्याकर्ताको व्यक्तिगत बिचारले पनि सामुहिक बिचार बनाउन सक्दछन्। केन्द्रिय समितिको निर्णय पश्चात् कार्यान्वयन गर्न लाग्नु सबैको अहम दायित्व र जिम्मेवारी रहन्छ।

नेपाली जनता संविधानमा रहेको चुस्त दुरुस्त सरकार र जिम्मेवार र रचनात्मक प्रतिपक्ष चाहन्छ्न। जनताको जिउ धनमा संबेदनसिल नरहेको ओलि सरकार राष्ट्रिय समस्या बन्यो। कोरनाको यो महमारिमा सरकरको बिकल्प खोज्नु हाम्रो रहर होइन बाध्यता रह्यो। सांसदको संख्या नेपाली कांग्रेसको लागि सरकार बनाउन आनुकल छैन तथापि यो राष्ट्रिय संकटको बेलामा नेपाली कांग्रेस नै उपयुक्त हो भन्ने नागरिकमा भावना रहेको देखिन्छ। यो परिस्थितिमा नेपाली कांग्रेसले देसलाई निकास अनि जनताको मरेको आशामा भरोसा दिनसक्छ।

नेपाली कांग्रेसले सांसदीय दलका नेता श्री शेर बहादुर देउवाको नेतृत्वमा सरकार निर्माण गर्न पहल गर्ने निर्णय गरेको छ। यो सबैको सझा निर्णय हो। नेपाली कांग्रेस जबर्जस्ति नैतिकता सकेर आफू जित्ने गलत राजनीतिक अभयासमा छिर्नु छैन । संविधान को मर्म भवना अनुरुप नेपाली कांग्रेस चल्नुपर्छ । नेपाली कांग्रेस विधि, प्रक्रियामा रहेर स्वास्थ प्रतिस्पर्धाको रुपमा आफू सरकार बनाउन चाहनु कुनै गलत कुरै होइन। नेपाली कांग्रेसको सरकार बन्न नस्क्नु पनि कुनै अझमताको कुरा होइना किनकी हामी प्रमुख प्रतिपक्ष दल भएनी हाम्रो संख्या हामीलाई ज्ञात छ। तरपनि संसदीय प्रक्रिया सबैले स्विकार्नु पर्छ।

अहिले कांग्रेसमा केन्द्रिय समितिबाट पासभएको निर्णयलाई प्रभावित पार्न खोजिएको देखिन्छ । यो प्रवृत्ति कांग्रेसमा सुरु हुन सुखद पक्ष होइन। बाहिरि चल्खेलको अंश बन्नु नेपाली कांग्रेसको लागि मात्रै होइन आफ्नै चरीत्रलाई महिलो बानाउनु हो। नेपाली कांग्रेस आफ्नो केन्द्रिय समितिको निर्णयलाई आन्तिम निर्णय मान्छ, त्यसअनुरुप चल्दछ।

संबेदनसिल निर्णयमा अनावश्यक भ्रम फैलाउनु र कु प्रचार गर्नु गलत हो। नेता संबेदनसिल भए कार्यकर्ता आनुसासित रहन्छन्। कुनै अरु पार्टीको आन्तरिक राजनीति भित्र छिर्नु भनेको आफ्नु राजनीतिक जीवन भित्र आरुलाई पनि निम्तो दिनु हो। हेक्क रहोस नेपाली कांग्रेस न अरु कुनै पार्टी भित्रको आन्तरिक राजनीति भित्र आप्नु अनुकूलता खोज्ने प्रयास गर्दछ नत आफ्नु पार्टी भित्र तेस्तो खेल खेल्ने नेतृत्व प्रती सदास्यता राख्दछ। गलत प्रवृत्तिलाई खबरदारी हरेक ठाउँबाट गरैं।

आफ्नो सहाजता र स्वार्थमा दिगभ्रमित बानाई सिङ्गो पार्टिलाई कम्जोर बनाउने प्रती नेता एवं कार्यकर्ता दुबै सावधानी रहनुपर्छ। नेपाली कांग्रेस चनाखो रहे मात्र यो जटिल परिस्थितिबाट देसलाई निकास र कोरना कहरबाट थिलथिलो भएका जनतालाई पुनर्जीवन दिन सक्दछ।

जय नेपाल!

कबिर शर्मा
नेपाल तरुण दल
महाधिवेशन प्रतिनिधि काठमाडौं क्षेत्र नं२


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.