Advertisement

तातोपानीबाट अक्सिजन सिलिण्डर भित्रिन थाले, २५ सय थान आज काठमाडौं आइपुग्ने

0 558

Advertisement

०३ जेठ, सिन्धुपाल्चोक । तातोपानीबाट अक्सिजन सिलिण्डर भित्रिन थालेका छन् । २५ सय थान आज काठमाडौं आइपुग्ने छ । चीनबाट सोमबार अपरान्ह १२ बजे तातोपानी नाका भित्रिएको अक्सिजन सिलिण्डर र स्याउ बोकेका कन्टेनरहरु रहेका छन् । कोरोना सङ्क्रमितलाई बचाउन आवश्यक अक्सिजनका खाली सिलिण्डर चीनको स्वाशित क्षेत्र तिब्बतको खासाबाट तातोपानी नाका आईपुग्ने क्रम शूरू भएकाे हो ।

नेपाली ब्यापारीहरुले १८ हजार थान सिलिण्डर मगाएकोमध्ये आज करिब २५ सय थान भन्सरमा आइपुगको र अहिले ती सामानकाे भौतिक जाँच चलेको र केही बेरमा काठमाडौं पठाइने भन्सारका अधिकारीले बताएका छन् । अन्य सिलिण्डर र स्वास्थ्य समाग्री बोेकेका कन्टेनर पनि खासा आइपुगेको र नेपाल भित्रिने चरणमा छन्। व्यापारीले १८ हजार थान अक्सिजन सिलिण्डर चीनबाट खरिद गरी खासा क्षेत्र हुदैं तातोपानी नाका ल्याई पु¥याएको हुन् ।

उक्त खाली सिलिण्डर ढुवानी गरिरहेको सिल्क टान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश शेर्पाले जानकारी दिनु भएको छ ।
सोमबार १२ बजे चिनियाँ चार कन्टेनरमार्फत दुई कन्टेनरमा अक्सिजनका खाली सिलिण्डर र दुई कन्टेनरमा स्याउ आएको तातोपानी सीमास्थित आएको ‘बीओपीका’ सशस्त्र प्रहरी निरिक्षक केशवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सिल्क ट्रान्सपोर्टका अध्यक्ष शेर्पाले धेरै परिमाणका अक्सिजन सिलिण्डरसहित स्वास्थ सामग्री बोकेका ८० वटा कन्टेनर खासा बजार आइपुगेको छ । उक्त कन्टेनरहरुमा पिपिई सेट, सर्जिकल मास्क, स्यानिटाइजर, ग्लोभ्स, कोरोना भाइरस नियन्त्रणका लागि अति आवश्यक सर्जिकल उपकरण ल्याइएको ब्यापारी शेर्पाले बताउनुभयो । खासा क्षेत्रमा आइपुगेका उक्त अक्सिजन सिलिण्डर र स्वास्थ सामाग्रीलाई खासा प्रशासनले मेडिकल प्रोटोकल पूरा गरेर केही दिन भित्रै नेपालतर्फको तातोपानी नाका पठाउने शेर्पाले जानकारी दिएका छन् ।

तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले खासाबाट तातोपानी नाका आईपुगेको अक्सिजन सिलिण्डर र स्वास्थ सामग्री जाँचपास गरेपछि कति सङ्ख्यामा छ भन्ने बताउन सक्ने जानकारी दिनुभएको छ । सरकारी वा ब्यापारी जसले ल्याएप नि भन्सारमा ल्याएपछि मात्रै थाहा हुने र कति परिमाणमा आयो भन्ने जानकारी दिन सक्ने प्रमुख गौतमले बताउनु भयो ।

खासाबाट तातोपानी नाका आइपुगेको सिलिण्डर र स्वास्थ सामाग्री तातोपानी भन्सारमा भित्राउन कर्मचारी, ब्यबसायी, मजदुर, लार्चादेखि मितेरी पुलसम्म मेडिकल प्रोटोकल पूरा गरेर भित्राएको उहाँले बताउनु भयो । खासाबाट अक्सिजन सिलिण्डर भन्सार आईपुग्न साथ आवश्यक मेडिकल प्रोटोकल पूरा गरेर काठमाडौं पठाहाल्ने प्रमुख गौतमले बताउनुभएको छ ।

ढुवानी कर्ता सिल्क टा«न्सपोर्टका अध्यक्ष शेपाले थप १५ हजार थान अक्सिजन सिलिइण्डर अन्य स्वास्थ सामग्री, उपकरण चीनको ल्हासा, मेम्बु, सिगात्से, न्यालम क्षेत्रमा आइपुगेको बताउनुभएको छ । उक्त सिलिण्डर र स्वास्थ्य सामग्री तातोपानी नाका आइपुग्न कम्तीमा दुई हप्ता लाग्ने बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.