Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

प्रभु बैंकले ४ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्दै

0 91

०३ जेठ, काठमाडौं । प्रभु बैंकले जेठ ११ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ४ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

जस मध्ये १६ लाख कित्ता सर्बसाधारणलाई र २४ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १६ लाख कित्ता मध्ये २५ सय कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिसकिएको बैंकले जनाएको छ ।

ऋणपत्र निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा जेठ १६ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन सकिने छ ।

आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम १० लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ । १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

मेरो शेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

यो पनि पढ्नुहोस्;


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.