Advertisement

भारतमा कोरोना संक्रमण घट्दै, २४ घण्टमा ३ लाख ११ हजार १७० मा संक्रमण

0 591

Advertisement

०३ जेठ, काठमाडौं । भारतमा कोरोना संक्रमणको दरमा केही कमी आएको छ । दैनिक ४ लाखको हाराहारीमा संक्रमण हुँदै आएको भारतमा पछिल्लो हप्ता यो संख्यामा केही कमी आउन थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ११ हजार १७० जनामा कोरोना संक्रमण भएको छ ।

सोही अवधीमा ४ हजार ७७ ले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । संक्रमणको संख्यामा केही कमी आए पनि मृत्यु दरमा भने उल्लेख्य कमी आएको छैन ।

भारतमा हालसम्म कोरोनाका कारण २ लाख ७० हजार २८४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । संक्रमितको संख्या २ करोड ४६ लाख ८४ हजार ७७ पुगेको छ ।

पछिल्लो समय विश्वमा सबैभन्दा धेरै कोरोनाका कारण प्रभावित हुने देशमा भारत पनि एक हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.