Advertisement

ईजरायलमा रहेका सबै नेपाली नागरिक सुरक्षित : राजदूत डा.शाक्य

0 1,555

Advertisement


०२ जेष्ठ, एजेेेेेन्सी । इजरायलमा इजरायली सेना र प्यालेस्टाइन लडाकूबीच यतिबेला द्वन्द्व चलिरहेको छ । इजरायलमा गत सोमबारदेखि द्वन्द्व जारी छ । द्वन्द्वका क्रममा इजरायली सेनाले गाजा क्षेत्रमा हवाई आक्रमण गरिरहेको छ ।

गाजा क्षेत्रबाट पनि प्यालेस्टाइन लडाकुले इजरायलमा निरन्तर रकेट आक्रमण गरिरहेको छ । पछिल्लो समय ईजरायल र प्यालेस्टाइनबीच तनाव बढेपनि हालसम्म ईजरायलमा रहेका सबै नेपाली नागरिकहरु सुरक्षित रहेको नेपाली राजदूत डा.अन्जान शाक्यले बताएकी छन् ।

उनले हालसम्म हजारौ भन्दा बढी रेकटहरु अक्रमण भरहेको अवस्थामा ईजरायलमा बसोबास गरिरहेका नेपाली नागरिकलगायत सबै जनताहरु त्रसित भएका जानकारी गराइन् ।

शनिबार विहान नेपाल पत्रकार महासघं यूरोप शाखाको ५७ औं अंकको विशेष कार्यक्रममा ईजरायलमा रहेका नेपालीहरुको अवस्थाका बारेमा आपतकालीन कार्यक्रममा राजदूत डा. शाक्यले भनिन्, ‘ईजरायल देशमा रहेको डोम जसलाई डिफेन्स सिस्टम भनिन्ट । उसले गर्दा विद्रोही समूह हमास, जिहादीलगायतले हानेको रकेट बम अकाशमै निष्क्रिय बनाइने भएकाले खासै ठूलो क्षति भएको छैन ।’

उनले थप भनिन्, ‘रकेट आक्रमण हुने भएपछि आइरन डोमले संकेत गर्छ र हामी सबै बंकरमा सुरक्षित हुन जान्छौं । यदि ईजरायलको यो डिफेन्स सिस्टम नभएको भए हामी कोही पनि बाच्ने थिएना । दुई दिन पहिले हमासले आक्रमण गरेपछि भारतीय मुलको एक नागरिकको मृत्यु भएको छ । यसबाट हामी सबै दुखी छौ ।’

राजदूत डा. शाक्यले ईजरायल सरकारले प्यालेस्टाइनबाट आक्रमण हुने भएपछि विश्वभरका राजदूतहरुलाई जुम मिटिङबाट बोलाएर सबै विदेशी नागरिकहरु आफनो नागरिक भएको र उनीहरुको सुरक्षा आफूहरुको जिम्मेवारी भएको जानकारी दिएको बताइन् ।

उहाले हरेक दिन आफूहरुको बसोबास गरिरहेको घरलाई नै लक्षित गर्दै आक्रमण गरिरहेको र रात कटाउन समेत सबैलाई गाह्रो भइरहेको बताइन् । राजदुत डा. अन्जान शाक्यलगायतसँग लाइभ कुराकानी भइरहेको अवस्थामा खतराको साइरन बजेकाले हतार हतार उनी बंकरतर्फ गएका थिए ।

त्यस्तै, तेल अभिभस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख अर्जुन घिमिरेले हालसम्म सबै नेपाली सकुशल रहेको उल्लेख गर्दै सावधानी अपनाउनका लागि सबैमा अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘हामी यहाँ भएका नेपालीहरूसँग निरन्तर सम्पर्कमा छौँ र राजदूतावासले उहाँहरूलाई सूचना पनि दिइरहेकै छ । अहिलेसम्म कतै पनि नेपालीहरूलाई समस्या नपरेको बुझिएको छ ।’

उनले पछिल्लो द्वन्द्वबाट बढी प्रभावित दक्षिणी ईजरायलमा कृषिसम्बन्धी अध्ययन र आयआर्जनका लागि लगभग डेढ सय विद्यार्थी आएका र उनीहरूको अवस्था पनि सुरक्षित रहेको जनकारी दिए । उनले भने, ‘त्रासमा हामी सबै छौँ किनभने चेतावनी दिने साइरन राति पनि दुई–तीन पटकसम्म बज्ने गर्छ । म पनि आफ्नो सानो छोरा च्यापेर साइरन बज्ने बित्तिकै सुरक्षित ठाउँतर्फ दौडिने गरेको छ ।’

त्यस्तै ईजरायलमा कार्यरत सामाजिक अभियन्ता तीर्थ गौतमले पनि ईजरायलको दक्षिणी भेगकमा विद्रोहीहरुले धेरै आक्रमण गरिरहेको जानकारी दिए । पत्रकार महासघं यूरोप शाखाका महासचिव द्रोण रिजालको सञ्चालन गरेका कार्यक्रममा एफएनजे यूरोपका बरिष्ठ उपाध्यक्ष केजिन राई, उपाध्यक्ष रविचन्द्र भट्टराई, कोषाध्यक्ष ईन्दिरा चाम्लिङ र साइप्रसका पत्रकार दिनेश गौतमले सहजिकरण गरेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.