नयाँ रेकर्डसहित सेयर बजारले गर्याे ओलीको भव्य ‘कमब्याक’ स्वागत, साढे १० अर्बको कारोबार गरि नयाँ रेकर्ड कायम

0 862

०२ जेठ, काठमाडौं । प्रधानमन्‍त्री केपी ओलीको ‘कमब्याक’लाई पुँजी बजारले भव्य स्वागत गरेको छ। केपी ओली पुन: प्रधानमन्‍त्री नियुक्त भएपछि पहिलोपटक खुलेको आइतबारको सेयर बजारमा गजबको चमक देखिएको छ। कोरोना संकटलाई पनि बिर्साउने गरी सेयर बजारको सूचक र कारोबार दुवैमा उछाल देखिएको छ। नेप्से परिसूचक र कारोबार दुवै अंकले नयाँ रेकर्ड कायम गरेका छन्।

आइतबार बजार खुलेदेखि नै हरियाली छाएको सेयर बजारको सूचक ५४.२१ ले बढेको छ। नेप्से सूचक २७३८.२९ विन्दुमा उक्लिएको छ। यो अहिलेसम्मकै उच्च विन्दु हो। यसअघि नेप्सेले २७३५.४६ विन्दु छोएर फर्किएको थियो। त्यसैगरी आइतबार १० अर्ब ४० करोड बढीको कारोबार भएको छ। यो पनि अहिलेसम्मकै उच्चतम भोलुम हो।

राजनीतिक अन्योलले पछिल्लो समय केही सुस्ताएको र अलमलिएको सेयर बजार अब परिपक्क लयमा फर्किएको विश्‍वास लगानीकर्ताहरूले गरेका छन्। सत्तारुढ दल एमालेको आन्तरिक विवादको मिलाउने सहमति, ओली नेतृत्व सरकार नै अब बाँकी अवधिका लागि स्थिर हुने निश्‍चित भएपछि लगानीकर्ताहरूमा बेग्लै खालको आत्मविश्‍वास जागेको देखिन्छ।

खासगरी वर्तमान सरकारका अर्थमन्‍त्री विष्णु पौडेल सेयर बजारप्रति सकारात्मक रहेकोले पनि ओलीसँगै उनको पनि ‘कमब्याक’ ले लगानीकर्ता उत्साहित भएका हुन्। नेपाल राष्ट्र बैंकको नीतिगत सहजता र प्रोत्साहनसँगै सुधारिएको सेयर बजारले पौडेल अर्थमन्‍त्री भएपछि गति लिएको थियो। अब यही सरकारले बजेट ल्याउने र सेयर बजारप्रतिको सकारात्मक सोच र नीतिले निरन्तरता पाउने अपेक्षा लगानीकर्ता गरेका छन्।

यसअघि पनि ओली प्रधानमन्‍त्री र पौडेल अर्थमन्‍त्री हुँदा पनि २०७३ साउन १२ गते नेप्से १८८१ मा सेयर बजारले १८८१ बिन्दुको नयाँ रेकर्ड कायम गरेको थियो। २०७७ असोजको अन्तिम हप्ता पौडेल अर्थमन्‍त्री भएपछि त्यो रेकर्ड ब्रेक भएर सेयर बजार नयाँउचाइ हासिल गरेको हो।

एकैदिन झन्डै साढे १० अर्बको कारोबार हुनुलाई बजार बलियो बन्दै गरेको संकेतको रुपमा लिइएको छ। अघिल्ला दिनहरूमा पाँच अर्बको हाराहारीमा कारोबार हुँदै आएको थियो।आइतबार बैंकिङ, विमा, जलविद्य‌ुत, लघुवित्त, ट्रेडिङलगायत सबै समूहमा हरियाली छाएको छ। जीवन विमा र नीर्जीवन विमातिर विशेष आकर्षण देखिएको छ।

जेठदेखि मंसिरसम्मको अवधिलाई सेयर बजारका लागि ग्रिन सिजन मानिन्छ। बजेट आउने बेला भएकोले यतिबेला बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ। कोरोनाका कारण लगानीका अरु क्षेत्र खुम्चिँदै गएको अवस्था र अहिले नै ठूला परियोजनामा लगानी गर्ने वातावरण नभएकोले ठूला साना लगानीकर्ताहरू सेयर बजारतिर आकर्षित भएका छन्। बजारमा लगानीयोग्य पैशा प्रशस्त छ।

यो पैसा अब सेयर बजार ओइरिने संभावना बढेको छ। कम्पनीहरुको कमाइको तुलनामा बजार मूल्य निकै कम भएकोले पनि लगानीकर्ताहरू पुँजी बजारतिर बढी आकर्षित भइरहेका छन्। पुरै डिजिटल माध्यमबाट गरिने यो कारोबारमा कोरोनाको असर खासै देखिएको छैन।

बैंक तथा वित्तिय संस्थाहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक रिपोर्टमा आकर्षक कमाइ देखिएकोले पनि लगानीकर्ताहरूमा आत्मविश्‍वास बढेको हो। पुँजी बजारप्रति अनुदार देखिएको तत्कालीन अर्थमन्‍त्री युवराज खतिवडाको बहिर्गमन र नयाँ अर्थमन्‍त्री विष्णु पौडेलको नियुक्तिपछि सेयर बजारमा बेग्लै माहोल सुरु भएको थियो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.