Advertisement

उपाधिका लागि धनगढीले काठमाडौंको सामना गर्दै

0 939

Advertisement

०१ जेष्ठ, काठमाडौं । नेपाल सुपर लिगको पहिलो संस्करणको उपाधिका लागि धनगढी एफसीले आज काठमाडौं रेजर्सको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा फाइनल खेल साँझ साढे पाँच बजेपछि खेलाइनेछ । उपाधि जित्ने टोलीले ३५ लाख रुपियाँसहित ट्रफी उचाल्नेछ । काठमाडौं र धनगढी लिग चरणका शीर्ष दुई टोली हुन ।

उपाधिको होड अघि प्रि म्याच प्रेस कन्फेरेन्समा दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधि आफू जित्ने दाबी गरेका छन् । धनगढी एफसीका कप्तान किरणकुमार लिम्बू हुनुहुन्छ । उहाँ राष्ट्रिय फुटबल टोलिका पहिलो रोजाइका कप्तान हुनुहुन्छ । धनगढीका प्रशिक्षक नाइजेरियाली फुजा तोपे हुनुहुन्छ ।

काठमाडौं रेजर्सका कप्तान बिकेश कुथु हुनुहुन्छ । उहाँ राष्ट्रिय फुटबल टोलीका दोस्रो प्राथमिकताका गोलरक्षक हुनुहुन्छ । किरण र बिकेश दुबैजनाले आ आफ्नो टोलिको नेतृत्व गरेका छन् । टोलिलाई नेतृत्व दिनुका साथै ब्यक्तिगत् प्रदर्शनमा समेत धनगढीका किरणकुमार लिम्बूले उत्कृष्ट लय देखाउनुभएको छ । यद्दपी लिग चरणमा काठमाडौंले धनगढीभन्दा उत्कृष्ट प्रदर्शन गर्दै लिग विजेता भएको थियो । छ खेलबाट १३ अङ्क जोडेको थियो । चार खेलमा काठमाडौंले जित हात पारेको थियो ।

काठमाडौंका कप्तान बिकेश कुथु गोल किपर हुँदा दश गोल खानुभएको छ । काठमाडौंले दोस्रो प्ले अफसम्म १३ गोल गरेको छ । प्रतियोगितामा काठमाडौंले हालसम्म आठ खेल खेलेको छ । पहिलो प्ले अफमा हार बेहोर्दा लिगको विजेताको हैसियतले उसले दोस्रो अबसर पायो । दोस्रो अबसरमा ललितपुरलाई हराएर काठमाडौंले उपाधिका लागि धनगढीसँगकै भेट सुनिश्चित गरेको हो ।

उता धनगढीका कप्तान समेत रहनुभएका किरणकुमार लिम्बूले मात्र छ गोल खानुभएको छ । धनगढीले प्रतियोगितामा दश गोल गरेको छ । सुदूरपश्चिमको धनगढीले लिग चरणको छ खेलमध्ये तीनमा जित हात पारेर दश अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेर प्ले अफसम्मको यात्रा गरेको थियो । पहिलो प्ले अफमा काठमाडौंलाई हराएर उसले फाइनलको यात्रा सुनिश्चित गरेको छ ।

काठमाडौं र धनगढी दुबै टोली लिग चरणमा एक र पहिलो प्ले अफ गरी दुई पटक एक अर्काको सामना गरेको छ । दुबै अबसरमा काठमाडौं रेजर्स पराजित भएको छ । लिगमा काठमाडौंमाथि धनगढीले ३–० काृे सहज र आरामदायी जित हात पारेको थियो । प्ले अफमा धनगढीसँग लिग चरणको हारको बदला लिने अपेक्षा गरिएको काठमाडौंले दोस्रो पटक पराजय हुनुपर्यो । धनगढीले पहिलो प्ले अफमा काठमाडौंमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै काठमाडौंलाई सहजै प्ले अफ पुग्ने बाटो बन्द गर्यो ।

कोभिड १९ को महामारीले काठमाडौंसहित देशैभरि दैनिक हजारौं सङ्क्रमित थपिएका छन् । दैनिक मृत्यु हुनेको सङ्ख्या तीन अङ्कमा पुगेको छ । यद्दपी ब्यवस्थापकीय चुनौतीका बीच दर्शकको अनुपस्थितिमा भइरहेको प्रतियोगिताको लिग चरणमा २१ खेल र प्ले अफमा तीन गरी हालसम्म २४ खेल सम्पन्न भएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट मैनेजमेन्टको ब्यवस्थापन र अखिल नेपाल फुटबल सङ्घको प्राबिधिक सहयोगमा प्रतियोगिताको आयोजना गरिएको छ ।

प्रत्येक खेलपछि रङ्शालाभित्र खेलाडीले प्रयोगमा ल्याएको स्थानदेखि शौचालयसम्म ‘डिस्इन्फेक्टेड’ गरिएको छ । खेलाडीको बसाइ र आवागमनमा समेत विशेष सतर्कता अपनाइएको छ । यी चुनौतीका बीच फाइनलमा दुई टोलीबीचको स्पर्धा रोमाञ्चक हुने अपेक्षा गरएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.