Advertisement

निगमकाे जहाज मस्कटका लागि उड्याे, ५६० थान सिलिन्डर साँझ आइपुग्ने

0 691

Advertisement

०१ जेठ, काठमाडौं । अक्सिजन सिलिण्डरको अभाव बढ्दै गएपछि तत्काल जरुरी सिलिन्डर ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज शनिबार बिहान ओमानतर्फ प्रस्थान गरेको छ ।

निगमका प्रबन्धक निर्देशक डिमप्रसाद पौडेलका अनुसार गैरआवासीय नेपाली सङ्घ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा जुटाइएको ५६० थान अक्सिजन सिलिन्डर ल्याउन जहाज ओमन उडेको बताउनुभयो । मस्कट विमानस्थलमा राखिएको सिलिन्डर लिएर जहाज आज (शनिबार) साँझ साढे ६ बजे काठमाडौं आइपुग्ने उहाँले बताउनुभयो ।

६३ हजार सात सय डलरमा ती अक्सिजन सिलिन्डर खरिद गरिएको र सिलिन्डर ढुवानी खर्च सरकारले व्योहोर्ने भएको छ । नेपाल एयरलाइन्सको ओमान उडान यो पहिलो भएको उहाँले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.