Advertisement

अस्पताल र अक्सिजन उद्योगमा विद्युत् जान नदिन सबै उपाय अपनाएका छौँ : विद्युत् प्राधिकरण

0 700

Advertisement

०१ जेष्ठ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योग र अस्पताललाई चौबीसै घण्टा निरन्तर विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरेको छ । अस्पताल र अक्सिजन उद्योगहरुको विद्युत् प्रसारण तथा वितरण हुने सम्पूर्ण फिडरहरुलाई अधिकतम सतर्कको सूचीमा वर्गीकृत गरिएको छ । साथै अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई ख्याल गर्दै निर्वाध विद्युत् आपूर्तिका लागि वैकल्पिक फिडर समेत तयार गरिएको छ ।

अक्सिजन उद्योग रहेका ककनी, हरिसिद्धि, बुटवल, सिमरा, जनकपुर, विराटनगरलगायतका स्थानमा नयाँ वैकल्पिक फिडर जडान गरिएको छ । कोभिड—१९को दोस्रो लहर देखिनासाथ अक्सिजन उद्योग तथा अस्पतालमा विद्युत् आपूर्ति हुने फिडरहरुको पहिचान गरी समस्या आउन नदिन आवश्यक व्यवस्था गर्न देशभरका वितरण केन्द्रलाई निर्देशन दिइएको र सम्बन्धित वितरण केन्द्रहरूले सोहीअनुसार प्रबन्ध गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । उनले अहिले अस्पताल र अक्सिजन उद्योगहरुमा विद्युत् आपूर्तिको समस्या नरहेको उल्लेख गरे ।

अक्सिजन उद्योग तथा अस्पतालहरुमा निर्वाध विद्युत् आपूर्तिका लागि वाग्मती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेको संयोजकत्वमा सहायता कार्यदल गठन गरिएको छ । “अस्पताल तथा अक्सिजन उद्योगमा विद्युत् आपूर्तिमा समस्या आउन नदिन हरसम्भव उपाय अपनाएका छौँ, कथंकदाचित् समस्या आएमा त्यसको तत्काल जानकारी दिन र अनुगमनका लागि कार्यकारी निर्देशक, उद्योगका पदाधिकारी, कार्यदलका संयोजक, सम्बन्धित वितरण केन्द्रका प्रमुखहरु सहितको भाइबर, ह्वाट्सएप ग्रुप सञ्चालनमा ल्याइएको छ”, शाक्यले भने ।

अस्पताल तथा अक्सिजन उद्योगसँग सम्बन्धित विद्युत् प्राविधिकलाई उक्त ग्रुपमा जोडिन आग्रह गरिएको छ । आफ्नो अस्पताल वा उद्योगमा विद्युत्को समस्या आउनासाथ तत्काल खबर गर्न आग्रह गरिएको छ । प्रधानमन्त्रीका विकास विज्ञ सल्लाहकार गजेन्द्र थपलिया, कार्यकारी निर्देशक शाक्य, कार्यदलका संयोजक पाण्डे र स्थानीय वितरण केन्द्रका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकामा रहेका विभिन्न अस्पताल तथा अक्सिजन उद्योग र विद्युत् आपूर्ति गर्ने फिडरहरुको अवलोकन गरी समस्याको पहिचान गरेको छ । समस्या समाधानका लागि आवश्यक उपायहरु तर्जुमा गरी सोहीअनुसार कार्य अगाडि बढाइएको शाक्यले बताए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`

रासस



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.