Advertisement

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट

0 1,007

Advertisement

३१ बैशाख, काठमाडौं ।सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । आईपीओ विक्री प्रबन्धक सन्राइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो ।

क्यापिटलले कोभिडको जोखिमलार्ई ध्यानमा राखी थोरै जनाको मात्र उपस्थितिमा बाँडफाँट कार्यक्रम आफ्नो अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओ २ लाख ३४ हजार १९५ जनाले १० कित्ताका दरले पाएका छन् । यी मध्य थप ४ जनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर हात पारेका छन् । कम्पनीको आईपीओका लागि परेको आवेदनमध्य १६ लाख ८५ हजार ६२७ जनाको आवेदनमात्र योग्य भएको क्यापिटलको भनाई छ । कुल १६ लाख ९० हजार ६९ जना आवेदकमध्य ४ हजार ४४२ जनाको आवेदन रद्ध भएको छ ।

आईपिओको नतिजा सिडीएसको वेबसाइट https://iporesult.cdsc.com.np मेरोशेयर बाट र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ ।

कम्पनीले बैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्बसाधारणमा वितरण गरेको हो । यसमध्य कम्पनीले २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी २३ लाख ४१ हजार ९५४ कित्ता अन्य सर्वसाधारणमा बाँडफाँट गरेको हो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.