Advertisement

ईद उल फित्र” को शुभकामना , नेपाली कांग्रेस

0 1,749

Advertisement

३१ बैशाख, काठमाडौं । आज मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान | रमजान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् ।

१ महिनाको कठोर उपवासपछि आजको दिन मुस्लिम धर्मावलम्वीहरुले हर्षोल्लासका साथ अल्लाहको प्रार्थाना गरेर मनाउँछन् । अरवी पात्रो अनुसार हरेक वर्षको नवौं महिनामा एक महिनासम्म रोना (व्रत) बसेर दशौं महिनाको पहिलो दिन इद–उल–फित्र मनाउने परम्परा छ । 

नेपाली कांग्रेसले ईल उल फित्रको अवरसमा शुभकामना व्यक्त गरेको छ ।

इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “ईद उल फित्र” का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लीम दिदीवहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना (इद मुवारक) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रकट गरेका छन् ।

इद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउदै आएको छ । यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको उनले एक विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा इस्लाम धर्मावलम्वी दिदीवहिनी तथा दाजुभाईहरुको महत्वपूर्ण योगदान रहदै आएको छ । लोकतन्त्रको रक्षार्थ मुस्लीम दिदीवहिनी तथा दाजुभाइहरु अझ वढि जिम्मेवार रहनु हुनेछ भन्ने मैले विश्वास लिएको उल्लेख गरेका छन् ।

देश अहिले कोभिड—१९ महामारीको दोस्रो चरणमा छ । सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ । यस्तो परिस्थितिमा नागरिक आफै पनि सचेत हुन जरुरी छ । यस अवस्थामा कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी भौतिक दुरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ ‘इद उल फित्र’ मनाउनु हुन म सबैलाई आग्रह देउवाले गरेका छन।

अन्त्यमा, ‘इद उल फित्र’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्वीहरुमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ इस्लाम धर्मावलम्वी दिदीवहिनी तथा दाजुभाईहरुमा पुनः हार्दिक शुभकामना प्रकट गर्दछु ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.