नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भए : बाबुराम भट्टराई
३१ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली राजनीतिमा केपी शर्मा ओली चतुर सावित भएको बताउनुभएको छ । ओली पुनः प्रधानमन्त्री पदमा नियुक्त हुनुभएपछि डा भट्टराईले उक्त उक्त प्रतिक्रिया दिनुभएको हो ।
बिहीबार साँझ सामाजिक सञ्जालमार्फत डा भट्टराईले कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको पनि बताउनुभएको छ ।
‘जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ,’ डा भट्टराईले ट्वीटरमा लेख्नुभएको छ, ‘ सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएका छन् ।’
उहाँले सबैले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्ने पनि बताउनुभएको छ । उहाँले लेख्नुभएको छ– ‘अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं !’