Advertisement

काेराेना संक्रमणबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरको मृत्यु

0 2,128

Advertisement

३१ बैशाख, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोभिडबाट मृत्यु भएको छ ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत गैरेको बिहीबार मृत्यु भएको हो । गैरेलाई ९ दिन अघि कोभिड भएको थियो ।

संक्रमण पुष्टि भएसँगै उहाँलाई सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको थियो । बुधबार रातिबाट भेन्टिलेटरमा राखिएका उहाँको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

गैरे संघको अध्यक्षमा डेढ वर्ष अघि निर्वाचित भएका थिए । उहाँ नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा समेत निर्वाचित हुनुभएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.