Advertisement

इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा १३ बालबालिकासहित ४५ जनाको मृत्यु, ३ हजार बढी घाइते

0 1,428

Advertisement

३० बैशाख, एजेन्सी । इजरायल र प्यालेष्टाइन बीचको हिंसात्मक गतिविधिबाट अहिलेसम्म १३ बालबालिकासहित ४५ जनाको मृत्यु भएको छ । जसमा तीन जना महिला पनि रहेका छन ।

पछिल्लो समय इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा रहको १३ तले भवन ध्वस्त भएको छ । इजरायली सेनाले भवनमा रहेका मानिसहरूलाई बाहिर निस्कन चेतावनी दिएको डेढ घण्टा पछि ३ सय भन्दा बढी हवाई र रकेट आक्रमण गरेको थियो ।

प्यालेष्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबीच हिंसात्मक झडपमा परेर ३ हजारभन्दा धेरै घाइते भएका छन् । सन् २०१७ पछि यी दुई पक्षबीच भएको यो नै ठूलो हिंसात्मक झडप हो ।

अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.