ललितपुर सिटी एफसी क्वालिफायरमा
२९ बैशाख, काठमाडौं ।नेपाल सुपर लिग (एनएसएल) फुटबलको प्रतियोगितामा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई हराउदै क्वालिफायरमा प्रवेश गरेको छ ।
आज भएको खेलमा इलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अन्जन बिष्टले निर्णायक गोल गरे ।
प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले थुप्रै गोलको अवसर सिर्जना गरेको थियो ।
खेलको ६१ औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै ललितपुरलाई १-० को अग्रता दिलाए । मिक्छेन तामाङको क्रसमा अन्जनले डाइभ हान्दै उत्कृष्ट हेडर गोल गरे । ललितपुरको जितमा त्यहिँ गोल निर्णायक बन्यो ।
खेलमा ललितपुरका गोलकिपर अर्पण कार्की प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।
इमर्जिङ प्लेयर अफ दि म्याच ललितपुरकै मिक्छेन तामाङ सौजन राई चुनिए । उनले १० हजार प्राप्त गरे ।
अब ललितपुरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्ससँग खेल्नेछ ।
ललितपुर र काठमाडौंबीचको खेल भोलि (बिहीबार) हुनेछ । यस खेलको विजेताले फाइनलमा धनगढी एफसीसँग खेल्नेछ ।