Advertisement

गण्डकीमा नयाँ सरकार दाबी गर्दै चार दलका नेता प्रदेश प्रमुखकोमा

0 1,356

Advertisement

२९ बैशाख, गण्डकी । गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकारको दाबी गर्न चारदलका नेताहरू प्रदेश प्रमुख सीताकुमारी पौडेलको कार्यालयमा पुगेका छन्।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन भन्दै नेकपा माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू प्रदेश प्रमुखकोमा पुगेका हुन्।

नेपालीको नेतृत्वमा नयाँ सरकार निर्माणको दाबी गर्न चारैदलका नेताहरू प्रदेश प्रमुखकोमा आइपुगेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए।

‘हामी चारैदलका नेता प्रदेश प्रमुखकोमा नयाँ सरकार दाबीका लागिआएका छौं। अहिले सरकार बनाउने बेला समर्थन गर्ने दलको पत्र बुझाए हुन्छ,’ उनले भने, ‘कांग्रेस सरकार बनाउन अरू तीनदलको समर्थनको पत्र बोकेर हामी यहाँ आएका हौं।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.