Advertisement

शिवम् सिमेन्टको नाफा साढे २६ प्रतिशतले बढ्यो

0 700

Advertisement

२९ बैशाख, काठमाडौं । शिवम् सिमेन्टको नाफा साढे २६ प्रतिशतले बढेको छ । कम्पनीले प्रकाशित गरेको चैत महिनासम्मको वित्तीय विवरण अनुसार गत आवको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाफा २६.५२ प्रतिशतले बढी हो ।


कम्पनीले गत आवको ९ महिनामा ८६ करोड १५ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो भने चालु आवको सोही अवधिमा नाफा बढेर १ अर्ब ९ करोड ८० हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको सञ्चालन आम्दानी पनि बढेको छ । गत आवको समीक्षा अवधिमा सञ्चालन आम्दानी ७ अर्ब ८ करोड ४० लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा यस्तो आम्दानी बढेर ७ अर्ब ३५ करोड ५१ लाख पुगेको छ ।

कम्पनीको गत आवको समीक्षा अवधिसम्ममा कुल खर्च ६ अर्ब ६ करोड ५५ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा यस्तो खर्च ६ अर्ब ९ करोड ३१ लाख रुपैयाँ छ ।

कम्पनीले विभिन्न कम्पनीको सेयरमा ३ अर्ब ८६ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ । यो रकम गत आवको समीक्षा अवधिमा ३ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ३३.०३ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २१५.३८ रुपैयाँ छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.