Advertisement

किरण केसी राता मकैको नेताप्रति कटाक्षः ‘आफ्नो दिमाग पनि फेर’

0 1,383

Advertisement

किरण केसी ‘राता मकै’

२९ वैशाख, काठमाडौं । हास्य कलाकार किरण केसी ‘राता मकै’ नेपाली हास्य विधामा चिनाइरहनुपर्ने नाम होइन । किरण जति राम्रो अभिनय गर्छन्, उनी नै राम्रो प्रहसन पनि गर्छन् ।

उनी अभिनय गर्छन् । गीत गाउछन् । सँगै समाजसेवा पनि गर्छन् । समय–समयमा सामाजिक सञ्जालमा सामाजिकसँगै राजनीतिक विषयमा आफ्ना धारणा सार्वजनिक गरिरहन्छन् ।

संसदबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि उनी अहिले कामचलाउको हैसियतमा काम गरिरहेका छन् । उनी कामचलाउ बनेपछि नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपा नयाँ सरकार बनाउने रस्साकस्सीमा व्यस्त छन् ।

यही परिप्रेक्ष्यमा किरणले बुधबार सामाजिक सञ्जालमा प्रधानमन्त्री फेर्ने विषयमा नेताप्रति लक्षित गर्दै व्यंग्य लेखेका छन् ।

‘तपाईहरू प्रधानमन्त्री फेर्नुहोस्, ‘तपाईहरू भन्नै मन लागेन’ । तिमीहरू मन्त्री फेर, मुख्यमन्त्री फेर, सचिव फेर, राजदुत फेर, संवैधानिक अंगका प्रमुखहरू फेर,’ उनी लेख्छन्, ‘र साथसाथै आफ्नो दिमाग पनि फेर । काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भन्या जस्तो ।

उनले जनतालाई सास फेर्न गाह्रो भैसकेको उल्लेख गर्दै राजनीतिलाई ‘गन्धा राजनीति’को संज्ञा दिएका छन् ।

‘जनताहरूलाई सास फेर्न गाह्रो भैसक्यो, सास फेर्न । छिछिछि गन्धा राजनीति । सबैलाई चेतना भया !!!’ उनले लेखेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.