धनगढी एफसी फाइनलमा प्रवेस
२८ बैशाख, काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)मा धनगढी एफसी को फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले एक एक गोल गरे ।
काठमाडौंका तेज तामाङले एक गोल फर्काए ।
खेलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
खेलमा धनगढीका फ्रान्कलिन कुइटे प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।
इमर्जिङ प्लेयर अफ दि म्याच धनगढीका सौजन राई चुनिए । उनले १० हजार प्राप्त गरे ।
धनगढीसँग पराजित काठमाडौंले अब फाइनल प्रवेशको लागि इलिमिनेटर खेल खेल्नेछ ।
इलिमिनेटरमा काठमाडौंले ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग खेल्नेछ ।
ललितपुर र बुटवलबीचको दोस्रो प्ले अफ बुधबार हुनेछ ।
यो पनि पढ्नुहोस्: