Advertisement

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार माथि

0 1,180

Advertisement

२८ बैशाख, काठमाडौं ।कोरोना भाइरसको संक्रमणबाट थप २२५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा पछिल्लो देशभर २२५ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ।

सोमबार सार्वजनिक गरिएको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा गरेको कोरोना संक्रमितको शव व्यवस्थापनको संख्यालाई समेत समावेश गरेर २२५ जनाको मृत्यु भएको देखिएको मन्त्रालयले जानकारी दिएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार माथि पुगेको छ। हालसम्म कोरोना संक्रमणबाट ४ हजार ८४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर गरी ९ हजार ४८३ जना संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार देशभर हाल ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार २ सय २५ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका पनि मन्त्रालयले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.