Advertisement

शेयर बजारमा हरियाली

0 764

Advertisement

२८ बैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले बढेको छ । ।

आज कारोबार भएका सबै समूहमा हरियाली छाएका छन् भने सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बोटलर्स नेपाल, रु रु जलविद्युत परियाोजना, युनाईटेड मोदी हाइड्रोपावर कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, समता घरेलु लघुवित्त वित्तिय संस्था, नेपाल इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक रहेका छन् ।

कुल कारोबारमा सर्वाधिक हिस्सा भने नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । यस कम्पनीको ७६ करोड ६५ लाख ३४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यस कम्पनीको शेयरमूल्य पनि यस दिन प्रतिकित्ता ७२ रुपैयाँले बढेर १ हजार ५६८ रुपैयाँ पुगेको छ । मंगलवार व्यापारिक समूहको परिसूचक सर्वाधिक ५ दशमलव ७९ प्रतिशत बढेको छ । यो दिन व्यापारिक समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका हुन ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.