Advertisement

सरकारलाई सर्वोच्चको अन्तरिम आदेश, ‘तत्काल अक्सिजन र उपचारको व्यवस्था गर्नु’

0 938

Advertisement

२८ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले अक्सिजन र अस्पतालको सहज व्यवस्थापन गर्न अन्तरिम आदेश जारी गरको छ । न्यायाधीश बमकुमार श्रेष्ठको इजलाशले कोरोना संक्रमित दैनिक रुपमा बृद्धि हुदै गएकाले उपचारका लागि अस्पताल र अक्सिजनको कमीका कारण दैनिक रुपमा नागरिकले ज्यान गुमाएको भन्दै सरकारका नाममा उक्त आदेश जारी गरेको हो ।

त्यस्तै, सर्वोच्चको आदेशमा निवेदकद्वारा माग गरिएको विषय मानिसको जीवनसँग तत्काल प्रत्यक्ष सम्वन्ध राख्ने भएकाले आवश्यक औषधि र अक्सिजनको आपूर्तिको समस्या समाधान गर्न भनेको छ ।

आदेशमा भनिएको छ, ‘संक्रमित व्यक्तिहरुको दिनदिनै बढ्दै गइरहेको संख्याहरुलाई मध्यनजर गर्दै उपचारमा कसैले विमुख नहुन नपरोस् भन्नका लागि थप साधनयुक्त अस्पताल सञ्चालन गराउने तर्फ आवश्यक पहल गर्नु ।’

यसका साथै अक्सिजनको सहज आपूर्ति तत्काल गर्न र नागरिकको जीवनसँग प्रत्यक्ष सम्वन्ध राख्ने यी कुरालाई सम्वन्धित सरोकारवालाको प्रतिनिधित्व हुने गरि एउटा कार्य समितिको निर्माण गरि समास्याको समाधान प्रभावकारी रुपमा गर्न–गराउन पनि आदेशमा भनिएको छ ।

त्यस्तै, देशभरका अस्पताल र अक्सिजन अभावका बारेमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि सरकारलाई आदेश दिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.