Advertisement

बहराइनको राजपरिवारको टोली विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा

0 1,109

Advertisement

२८ बैशाख, काठमाडौं ।बहराइनको राजपरिवारको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ ।

सगरमाथा उनीहरुले मे ११ तारिख विहान ६ बजेर ४० मिनेट जाँदा टोली सगरमाथामा पुगेको हो ।

बहराइनको राजपरिवारका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणका लागि गएको थियो ।

योसँगै सगरमाथाको नयाँ उचाइ मापन भएपछि आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रिय टोली बनेको छ ।

उक्त टोली सगरमाथा आरोहणका लागि मार्च १५ मा नेपाल आएको थियो । यसअघि उक्त टिमले गत अक्टोबरमा लाबुचे र मनास्लु हिमालको सफल आरोहण गरिसकेको छ ।

टोलीको व्यवस्थापन सेभेन समिट ट्रेक्स कम्पनीले गरेको हो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.