Advertisement

संसदमा मत विभाजनकाे तयारी पूरा, संक्रमितलाई पनि मतदानको व्यवस्था

0 780

Advertisement

२७ वैशाख , काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सबै तयारी पूराभएको संघीय संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सम्बोधनपछि अन्य दलका नेतृत्वले धारणा राख्ने र त्यसको जवाफ पुनः प्रधानमन्त्रीले दिनुभएपछि विश्वासको मत लिने प्रक्रिया शुरु हुने सचिवालयले जनाएको छ ।

सभामुख अग्नीप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्योपानेकाअनुसार ‘हुन्छ‘, ‘हुन्न‘ र ‘मत दिन्न‘ गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । साथै कोभिड संक्रमित सांसदहरुका लागि ल्होत्सेहलमा मतदानको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

संसदमा मत विभाजन कार्य भएपछि प्रधानमन्त्रीको पक्षमा, विपक्षमा र तटस्थमा मत संख्या एकिन हुनेछ । संसदको विशेष बैठकको दोस्रो सत्रमा प्रधानमन्त्री ओली अहिले सम्बोधन गरिरहनुभएको छ । संसदमा हाल कुल २७१ मत रहेको छ । त्यसमध्ये १३६ मत ल्याएमा सरकारको पक्षमा विश्वासको मत पुष्टि हुनेछ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.