Advertisement

युभेन्टसको मैदानमा मिलानको सानदार जित

0 360

Advertisement

२७ वैशाख, एजेन्सी । इटालियन सिरी ए अन्तर्गत आइतबार युभेन्टसले घरेलु मैदानमा एसी मिलानविरुद्ध लज्जास्पद हार बेहोरेको छ । च्याम्पियन्स लिग स्थानका लागि निकै महत्त्व बोकेको खेलमा मिलान ३-० ले विजयी भयो ।

यस हारसँगै युभेन्टस अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ भने मिलान तेस्रो स्थानमा उक्लिएको छ । मिलान र दोस्रो स्थानमा रहेको एटलान्टासँग समान ३५ खेलमा ७२ अंक रहेको छ । चौथो स्थानको नेपोलीको ३५ खेलमा ७० तथा पाँचौ स्थानको युभेन्टसको ३५ खेलमा ६९ अंक छ ।

आइतबारको खेलमा मिडफिल्डर ब्राहिम डियाजले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै मिलानलाई अग्रता दिलाए । उनले फ्रिकिकमा गोलरक्षक अगाडी बढेको अवस्थामा पेनाल्टी क्षेत्रको ठिक भित्रबाट टप कर्नरमा उत्कृष्ट गोल गरेका हुन् । रियल म्याड्रिडबाट लोनमा मिलान पुगेका डियाजको गोल भीएआरले ह्यान्डबलका लागि रिभ्यु गरेपनि गोलले मान्यता पाएको थियो ।

पहिलो हाफमा घरेलु टोली युभेन्टसले बल पोसेसनमा पकड जमाएपनि आक्रमण भने बुन्न सकेको छैन । खेलको ३० औं मिनेटमा युभेन्टसले अग्रता लिने अवसर पाएपनि कप्तान किएलिनी त्यसमा सफल हुन सकेनन् । उनले जुआन क्वाडराडोको कर्नरमा प्राप्त हेडरलाई गोलको दिशा दिन सकेनन् ।

दोस्रो हाफको सुरुवाती समयमा नै मिलानले अग्रता दोब्बर पार्ने सुवर्ण अवसर पाएको थियो । ५७ औं मिनेटमा डियाजको प्रहार किएलिनीको हातमा लाग्दै फर्किएपछि रेफ्रीले भीएआरको सहायता लिँदै पेनाल्टी दिएका थिए । तर फ्रान्क केसीले प्रहार गरेको उक्त पेनाल्टीलाई गोलरक्षक वोजचिएक सेचेज्नीले विफल पारिदिए ।

खेलको ७८ औं मिनेटमा आन्टे रेबिचले दर्शनीय गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । पेनाल्टी क्षेत्रको बाहिरबाट उनले गरेको प्रहार टप कर्नरमा छिर्दा गोलरक्षक सेचेज्नी मुकदर्शक मात्र बनिरहे ।

त्यक्सो तीन मिनेटपछि नै मिलानले ३-० को अग्रता लियो । हाकान चाल्हानोग्लुले लिएको लामो फ्रिकिकलाई फिकायो टोमोरीले हेडरमार्फत गोल फार्दै एसी मिलानको जित पक्का गरेका थिए ।

यो पनि पढ्नुहोस : 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.