Advertisement

विश्वकै पहिलो ‘स्पेस होटल’ !

0 954

Advertisement

२६ बैशाख, बीबीसी । अरोरा स्टेसनले अन्तिरक्षमा, दुनियाँकै पहिलो होटल बनाउने तयारी गरिरहेको छ । यस सम्बन्धी आधिकारिक घोषणा क्यालिफोर्निया स्थित गत अप्रिलको स्पेस २.० कन्फरेन्समा गरिएको थियो । तर ताराहरुका साथ पृथ्वी बाहिर बिदा मनाउने कुरा कत्तिको सम्भव छ ?

यो निर्णयले भ्रमणको दुनियाँलाई नै नयाँ युगमा पुर्याउने अपेक्षा गरिएको छ । यसमा एउटा निजी विमान जत्रो आकारको संरचना पृथ्वी घुम्ने पथमा, अन्तरिक्षमा निर्माण गरिने भनिएको छ । यसरी ग्राहकहरुले पृथ्वीको सतहबाट सयौँ माइलको उचाइमा रहेर रोचक दृश्यहरुको मज्जा लिन पाउनेछन्, ग्रहहरु अवलोकन गर्न पाउनेछन् भने दक्षिण र उत्तरी प्रकाश पनि देख्न सक्नेछन् ।

तर यो भ्रमण साचेजति सस्तो भने हुनेछैन । अरोरा स्टेसनले सन् २०२२ सम्ममा वायुमण्डलको पथमा आफूलाई स्थापित गराउने बताएको छ । यसको मूल्य ९५ लाख डलर प्रति व्यक्तिदेखि सुरु हुने बताइएको छ । कम्पनीका अनुसार ग्राहकहरुको बुकिङ सात महिना अगाडिदेखि गराइनेछ । अरोरा स्टेसन सञ्चालन गर्ने फर्म, ओरिअन स्पानका प्रमुख कार्यकारी, फ्रयांक बन्जर भन्छन्, “हाम्रो उद्देश्य भनेको मानिसहरुलाई प्रोफेसनल अन्तरिक्षयात्रीको जीवन कस्तो हुन्छ भन्ने अनुभव दिलाउनु हो ।

तर हाम्रो अनुमानमा ग्राहकहरु झ्यालबाट बाहिर हेर्न चाहनेछन्, आफूले चिनेका मान्छेहरुलाई फोन गर्न चाहनेछन् र बोर भएको अवस्थाका लागि हामीसँग ‘होलोडेक’ नामक भर्चुअल रियालिटीको व्यवस्था हुनेछ । यस मार्फत हामीले चाहेमा अन्तरिक्षमा उड्न, चन्द्रमासम्म जान र गल्फ खेल्न समेत सक्नेछौँ । ”

यस प्रक्रियामा यात्रुहरुले नासाको अन्तर्राष्ट्रिय स्पेस स्टेसन, आएसएसका वैज्ञानिक सरह नियमहरु अपनाउनुपर्ने हुन्छ । त्यसमा जसरी नै अरोरामा पनि दुई स्टाफ सहित चार ग्राहकले विशेष किसिमले डिजाइन गरिएको स्लिपिङ ब्यागमा सुत्नुपर्ने हुन्छ, खानेकुराहरु फ्रिज गरिएको र सुकाइएको हुन्छ अनि भ्रमण अगाडि प्रत्येकले पूर्ण स्वास्थ्य परीक्षण गाउनुपर्ने हुन्छ पृथ्वी र ताराहरुको दृश्य हेर्ने बाहेक अरोराले मानिसहरुलाई सुक्ष्म गुरुत्वाकर्षण सम्बन्धी अन्य अनुभवहरु पनि दिलाउने अपेक्षा गरिएको छ । जस्तै खाद्य वस्तु उमार्ने जुन आइएसएसका वैज्ञानिकले पनि अहिले गरिरहेका छन् । तर यसमा फरक के हुनेछ भने बिरुवालाई हालिने पानी आफ्नै पिशाबलाई प्रोसेस गरि निकाल्नुको सट्टा प्रत्येक ग्राहकसँग पृथ्वीबाट छुट्टै निर्यात गरिनेछ ।

विज्ञान समुदायका सबैले यसलाई मानवताको अपरिहार्य, अर्को युगमा प्रवेशका रुपमा हेरिरहेका छन् । किनकी यसले वास्तवमै आधुनिकीकरणलाई अर्को चरणमा पुर्याउनेछ । तर अर्कोतर्फ मिडियामा चर्चा भएजति सजिलो नहुँदा कतिपय विज्ञहरुले चाहिँ सावधानी अपनाउनमा जोड दिएका हुन् ।

Orion Span’s ‘Luxury Space Hotel’ Is Taking Reservations.

स्वीट्जरल्यान्डस्थित युचिभर्सिटी अफ सेन्ट गेलेनकी अनुसन्धानकर्ता क्रिस्टियन लेसर भन्छिन्, “अरोरा स्टेसन एकदमै राम्रो ग्याजेट हो । तर यो वास्तवमै स्थपित हुनेछ या छैन भन्ने त्यतिबेलै थाहा हुनेछ । अहिले केही निश्चित भन्न सकिँदैन । ”

यसैमा थप्दै अन्तरिक्ष पर्यटन सम्बन्धी सञ्चालन विश्वकै एक मात्र कक्षा, ‘एम्ब्री–रिडल एरोनोटिकल युनिभर्सिटीका’ रोबर्ट भन्छन्, “यो क्षणमा अन्तरिक्ष पर्यटन भनेको वास्तविकता, भ्रम र सायन्स फिक्सनको मिलावट बनेको छ जसले हामीलाई इच्छा र वास्तविकाबीचको भिन्नता चिन्न कठिन बनाइदिएको छ । ”

तरपनि दुवैले यस कुरामा सहमति जनाएका छन् कि ‘स्पेस टुरिजम’ अर्थात अन्तरिक्ष पर्यटनको सुरुवात २००१ मा भएको थियो जब अमेरिकी नागरिक डेनिस टिटोले रुसी स्पेस एजेन्सीलाई २ करोड डलर तिरेर सात दिनको आइएसएस भ्रमणमा गएका थिए । यस्तोमा विभिन्न देशहरुले अन्तरिक्ष पर्यटन उद्योगको भविष्यका लागि ढोका खुलाइसकेका छन् । अमेरिकामा मात्र हाल १० वटा व्यवसायिक स्पेसपोर्टहरु रहेका छन् ।

तरपनि स्पेस पर्यटनका फर्महरुले कतिसम्मको सेवा प्रदान गर्न सक्लान् भनेर भविष्यमै थाहा हुने रोबर्ट र लेइसर बताए । साथै यसको निर्धारण सार्वजानिक सुरक्षा व्यवस्था र इन्जिनियरिङको गुणस्तरले पनि गर्नेछ ।

बन्जरले अरोरा स्टेसनको नयाँ प्रविधि, सहज प्रणाली र सानो क्षेत्रफलले यसलाई आइएसएस जत्तिकै सुरक्षित बनाउने बताए तरपनि यसलाई प्रभावकारी रुपमा स्थपित नगराउन्जेल आफू पूर्ण सुनिश्चित हुन नसक्ने उनको भनाइ छ ।

अर्को ठूलो प्रश्न भनेको चाहिँ अरोरा स्टेसन कहाँबाट लन्च हुनेछ र आफ्ना ग्राहकलाई कताबाट लिनेछ अनि उनीहरु पृथ्वीको सतहमा फर्किएपछि कता छाडिदिनेछ ।

तर अन्तरिक्ष उद्योग निराशाले भरिएको क्षेत्र पनि मानिन्छ । जहाँ निर्धारित समयमा काम पूरा हुने सम्भावना कम हुन्छ । जस्तै भर्जिन ग्यालेक्टिकले गत डिसेम्बरमा सफलतापूर्वक अन्तरिक्ष पुगि फर्केर आयो जुन यसले निर्धारण गरेको मिति भन्दा सात वर्ष पछि पूरा भएको छ ।

त्यस्तै एलन मस्कको स्पेसएक्स र जेफ बेजोसको ब्लु ओरिजिनले अझै तिनका साधन परीक्षण गरिरहेका छन् । यता एक्सकोर एरोस्पेसले त २०१७ मा कंगाल भएको घोषणा गरेको थियो । यसरी धेरै तयारी र परीक्षणको आवश्यकताले अन्तरिक्षको काम जटिल बन्न पुग्दा भनेको समयमा सम्पन्न गर्न सकिँदैन ।

त्यस्तै स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउने कुरा पनि सहज हुनेछैन । जस्तै अरोरा स्टेसनमा यात्रा गर्न चाहनेहरु कसैमा ‘क्लस्ट्रोफोबिया’ छ भने उनीहरुले बुकिङ नगर्दा हुन्छ किनकी ठाउँ निकै साँघुरो हुनेछ र झ्याल खोल्न मिल्नेछैन । त्यस्तै सबै सरसामान सहित हाम्रो शरीर भित्रका तरल पदार्थहरु पनि कम गुरुत्वाकरर्णका कारण माथि आउनेछन् जसकारण ग्राहकहरु वाकवाकी लाग्ने जस्ता अप्रिय अनुभवका लागि पनि तयार हुनुपर्ने हुन्छ ।

यता लामो समय कम गुरुत्वाकर्षण भएको वातावरणमा रहनुले हड्डी कमजोर बनाउन सक्छ भने आँखा र हेर्ने क्षमतालाई प्रभाव पार्न सक्छ । खुसीको कुरा सुक्ष्म गुरुत्वाकर्षणले महिनावारीमा भने कुनै गम्भीर प्रभाव पार्नेछैन । तर सिमित पानी अनि स्यानिटरीका सामानले जटिल अवस्था उत्पन्न गराउन सक्छ । त्यस्तै काइनेटिक्सका कारण नासाले सबै अन्तरिक्षयात्रीहरुलाई यौन सम्पर्कमा निषेध गराएको छ जसले सो भ्रमणबाट रोम्यान्स पनि हटाइदिनेछ ।

यो भन्दा चिन्ताजनक अर्को कुरा के हुनेछ भने, यस अन्र्तगत जेनेटिक क्षति पुग्न सक्ने सम्भावना पनि हुन्छ । किनकी अन्तरिक्ष यानहरु पूर्ण रुपमा ‘कस्मिक रेडिएसन’ अर्थात विकिरण प्रतिरोधक हुँदैनन् । यस्तोमा विगतका धेरै अन्तरिक्षयात्रीहरुले आफ्नो अगाडि अधिक उज्यालो प्रकाशको किरण देख्ने गरेको रिपोर्ट गरेका थिए । अनुसन्धानकर्ताहरुका अनुसार कस्मिक विकिरणले हाम्रो आँखाको अप्टिक नर्भ या दिमागको ‘भिजुअल कोर्टेक्स’ मा प्रहार गर्नाले त्यस्तो भएको हो ।

रोबर्टले चेतावनीपूर्ण शैलीमा बताए, “हामीले कुनै पनि अन्तरिक्ष मिसन, त्यसमा पनि विशेषगरी व्यवसायिकलाई ‘गरेर हेरौँ न’ भन्ने आधारमा अघि बढाउन मिल्दैन । यसका लागि शत् प्रतिशत सुरक्षित यान सञ्चालन, वातावरण मैत्री र आर्थिक रुपमा पनि लाभदायक हुन आवश्यक पर्नेछ । ” तर लेसरका अनुसार भने अन्तरिक्ष पर्यटन एक हिसाबले प्राकृतिक खोज नै हो ।

उनले भने, “यदि हामी तीस वर्ष अगाडिको कुरा गर्ने हो भने, त्यस समयमा अन्टारटिका असम्भव थियो । तर आज मानिसहरु सजिलै त्यहाँ गइरहेका छन् । यसरी अहिले हामीले नयाँ ढोकाहरु खोल्दै गर्दा अन्तरिक्ष पनि कुनै समय मानव समुदायका लागि पहुँच युक्त बन्न सक्नेछ । ”



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.